close

बालेनका बुबाको निधन भन्दै आफ्नो फोटो दुरुपयोग गरिएकोमा यमबुद्धका बुबाले भनेः निकै दुःख लाग्यो

टेकपाना टेकपाना

मंसिर १५, २०८२ १७:४६

बालेनका बुबाको निधन भन्दै आफ्नो फोटो दुरुपयोग गरिएकोमा यमबुद्धका बुबाले भनेः निकै दुःख लाग्यो

काठमाडौँ । चर्चित तथा दिवङ्गत र्‍यापर अनिल अधिकारी (यमबुद्ध) का बुबा अम्बिकाप्रसाद अधिकारीले आफ्नो फोटो दुरुपयोग गरिएको प्रति दुःख व्यक्त गरेका छन् । अनलाइन खबर, सेतोपाटी लगायतका विभिन्न अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल पेजहरूले बालेन शाहका बुबा डा रामनारायण शाहको निधनसम्बन्धी समाचारमा अधिकारीको तस्विर प्रयोग गरेका थिए ।

सोही विषयलाई लिएर अधिकारीले सामाजिक सञ्जालमार्फत आपत्ति व्यक्त गरेका हुन् । "काठमाडौँका मेयर बालेन शाहका पिता रहेनन् भन्ने आज प्रकाशित तथा प्रसारित समाचार र प्रयोग गरिएको फोटो बारे हाम्रो ध्यानाकर्षण भएको छ । आज केही व्यक्तिको दुःखद खडीमा एउटा जिम्मेवार हुँ भन्ने पत्रकारले फोटोको यो किसिमले दुरुपयोग गरिनु अत्यन्तै दुःख लाग्दो कुरा हो," उनले भनेका छन् ।

यस किसिमको गतिविधिको जतिसुकै निन्दा गरे पनि पूर्ण हुन नसक्ने भन्दै उनले जनतालाई सत्य, तथ्य र निष्पक्ष समाचार दिनुपर्नेमा असत्य भ्रमपूर्ण र पक्षपातपूर्ण समाचार प्रसारित हुनुले जनतामा भ्रम पैदा भई अत्यन्तै ठुला घटनाहरू घट्न सक्ने चिन्ता समेत उनले व्यक्त गरेका छन् । "तसर्थ यो समाचारलाई सच्याउन र जनतासँग गरिएको त्रुटि नदोहोर्‍याउन सम्बन्धित सबैलाई आग्रह गर्दछु," उनले अगाडि भनेका छन् ।  

 

पछिल्लो अध्यावधिक: मंसिर १५, २०८२ १७:४६