काठमाडौँ । नेपाली भाषा शुद्ध रूपमा लेख्न खोज्दा कहिलेकाहीँ प्राविधिक समस्या आइपर्छन् । उदाहरणका लागि ‘गर्यो’ र ‘गर्यो’ मध्ये ‘गर्यो’ लाई शुद्ध मानिन्छ । तर, ‘र्’लाई ‘र्’ बनाउने शैली थाहा नपाउँदा धेरैले ‘गर्यो’ लेखेरै चित्त बुझाउने गर्छन् ।
त्यसैगरी ‘जगत्मा’ र ‘जगत्मा’ मध्ये ‘जगत्मा’ (हलन्त प्रयोग भएको) रूप नै शुद्ध हो । तर, सोझै हलन्त राख्दा अक्षर ‘आधा’ हुन्छ । यस्तो अक्षरले कतिपय सन्दर्भमा अर्थ नै फरक पारिदिन सक्छ ।
आज हामी स्मार्टफोनका लागि कीबोर्ड एप प्रयोग गरेर कसरी शुद्ध ‘र्’ र ‘त्मा’ लेख्न सकिन्छ भन्ने विषयमा चर्चा गर्दैछौँ ।
बुझौँ ‘र्’ र ‘त्’ टाइप गर्ने तरिका !
स्मार्टफोनमा नेपाली अक्षर टाइप गर्नका लागि सामान्यतः ‘हाम्रो कीबोर्ड’ र ‘जीबोर्ड’को व्यापक प्रयोग हुन्छ । अन्य कीबोर्ड एप भए पनि शैली भने एउटै हुन्छ । पहिले जीबोर्डमा कसरी टाइप गर्ने भन्ने बुझौं ।
-
जीबोर्ड डाउनलोड गर्नुहोस् । (अधिकांश एन्ड्रोइड फोनमा जीबोर्ड डिफल्ट रूपमै उपलब्ध हुन्छ । यस्तोमा सेटिङमा गएर ‘Gboard’ सर्च गर्न सक्नुहुन्छ ।)
-
त्यसपछि सेटिङमा गएर ‘नेपाली भाषा’को अप्सन छान्नुहोस् । सामान्यतः स्क्रिनशटमा देखिएका यी अप्सन छान्नुभयो भने तपाईंका लागि पर्याप्त हुन्छ ।
-
अब कुनै टेक्स्ट बक्समा जानुहोस् । र, कीबोर्डमा ‘नेपाली’ अप्सन सेट गर्नुहोस् ।
-
यति गरेपछि ‘र्’ बनाउनका लागि ‘र’ टाइप गर्नुहोस्, अनि हलन्तको अप्सन छान्नुहोस् । अनि यो स्पेसबारको दायाँपट्टि भएको बटनलाई लामो समयसम्म दबाउनुहोस् । यसो गर्दा टेक्स्ट ‘र्’ आइपुग्छ ।
-
त्यस्तै ‘जगत्मा’ टाइप गर्नु छ भने त्यसरी नै ‘त’ टाइप गर्नुहोस् र हलन्त लगाउनुहोस् । अनि स्पेस बारको बाँयापट्टि भएको अप्सनलाई एक पटक ट्याप मात्र गर्नुहोस् । यति गरेपछि तपाईंको टेक्स्ट बक्समा ‘त्मा’ अप्सन आइपुग्छ ।
हाम्रो कीबोर्डमा कसरी टाइप गर्ने ?
पहिले हाम्रो कीबोर्ड सेटअप गरेर नेपाली अक्षरको अप्सन छान्नुहोस् । र, टेक्स टाइप गर्न मिल्ने ठाउँ ‘नोटप्याड’ वा ‘मेसेज बक्स’मा जानुहोस् ।
-
टेक्स्ट टाइप गर्न तयार हुनुभयो भने सबैभन्दा पहिले तल स्क्रिनशटमा देखिएको जस्तो ‘नेपाली’ भाषाको अप्सन ल्याउनुहोस् ।
-
अनि ‘र’ टाइप गरेर ‘हलन्त’ तान्नुहोस् । यति गरेपछि ‘शिफ्ट’ की ट्याप गर्नुहोस् । र, २ अङ्कको कीभन्दा तलपट्टि रहेको की ट्याप गर्नुहोस् ।
-
यति गर्नुभयो भने ‘र्’, ‘र्’मा परिणत हुन्छ । त्यस्तै जगत्मा लेख्नुपर्यो भने त्यसरी नै ‘त’ टाइप गर्नुहोस् । अनि हलन्त तान्नुहोस् । र, शिफ्ट की ट्याप गरेर ‘०’ अङ्कको कीभन्दा तलपट्टि रहेको की ट्याप गर्नुहोस् । यसो गर्दा पहिले ‘जगत्मा’ हुन्थ्यो भने अब ‘जगत्मा’ हुन्छ ।
पछिल्लो अध्यावधिक: पुस २०, २०८२ १५:२५
