close

प्रविधि पत्रकार मञ्चको नयाँ कार्यसमिति गठन, अध्यक्षमा दुवाल

टेकपाना टेकपाना

पुस ३०, २०८२ १५:५

प्रविधि पत्रकार मञ्चको नयाँ कार्यसमिति गठन, अध्यक्षमा दुवाल

काठमाडौँ ।  प्रविधि पत्रकार मञ्च (टीजेफ) को नयाँ कार्यसमिति चयन भएको छ । बुधबार राजधानीमा सम्पन्न संस्थाको बाह्रौं साधारण सभा तथा अधिवेशनबाट पूर्णभक्त दुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा गणेश सुवेदी, सचिवमा अनिल न्यौपाने, सहसचिव हिक्मत आचार्य, कोषाध्यक्ष सजना बराल चयन भएका छन् ।

यसैगरी सदस्यमा कमल केसी, शिव बस्नेत, युवरमज गौतम, मुना कुँवर, चयन भएका छन् ।

पछिल्लो अध्यावधिक: पुस ३०, २०८२ १५:३४