close

भिभो स्मार्टफोन खरिदमा नेपालको क्रिकेट जर्सी निःशुल्क पाइने

टेकपाना टेकपाना

माघ २४, २०८२ १३:४

भिभो स्मार्टफोन खरिदमा नेपालको क्रिकेट जर्सी निःशुल्क पाइने

काठमाडौँ । भिभोले नेपाली क्रिकेट फ्यानहरूको उत्साहलाई मध्यनजर गर्दै ‘विश्वकप उपभोक्ता अफर’ सार्वजनिक गरेको छ । फेब्रुअरी २ देखि ६ सम्म सञ्चालन भएको ‘दराज २.२’ क्याम्पेनको भव्य सफलतापछि भिभोले प्रविधि र क्रिकेटप्रतिको भावनालाई जोड्दै आफ्ना ग्राहकहरूका लागि यो योजना ल्याएको हो ।

यस अभियानका बारेमा भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भने, “नेपालमा क्रिकेट केवल एक खेल मात्र होइन, यो एउटा साझा राष्ट्रिय भावना हो । यस अभियानमार्फत हामी फ्यानहरूको निरन्तर समर्थनप्रति आभार व्यक्त गर्न चाहन्छौं । उनीहरूलाई भिभोका नवीन विशेषताहरूसँगै राष्ट्रिय रङ्गको जर्सी गर्वका साथ लगाउने अवसर दिनु नै हाम्रो मुख्य उद्देश्य हो ।”

योजना अन्तर्गत भिभोको आधिकारिक अनलाइन प्लेटफर्म पार्टनर दराजमार्फत यही २७ माघसम्म ३५ हजार रुपैयाँभन्दा माथिको कुनै पनि भिभो स्मार्टफोन खरिद गर्दा ग्राहकले निःशुल्क विश्वकप जर्सी उपहार प्राप्त गर्नेछन् । यो अफर विशेषगरी भिभो वाई४००, भिभो भी६० लाइट, भिभो भी६०, भिभो एक्स२०० प्रो र भिभो एक्स३०० प्रो मोडलको खरिदमा लागु हुने कम्पनीले जनाएको छ।

उपभोक्ता अफरका अतिरिक्त भिभोले विभिन्न डिजिटल तथा अन–ग्राउन्ड गतिविधिहरू पनि सञ्चालन गर्नेछ । जहाँ क्रिकेट फ्यानहरूले अन्तरक्रियात्मक खेलहरूमा सहभागी भई निःशुल्क जर्सीका साथै अन्य आकर्षक उपहारहरू जित्ने मौका पाउनेछन् ।

भिभोको यो पहलले उपभोक्ताहरूलाई आफ्नो स्मार्टफोन अपग्रेड गर्ने अवसर मात्र नदिई नेपाली राष्ट्रिय क्रिकेट टोलीप्रति एकबद्धता जनाउने मौका समेत प्रदान गरेको छ । यो अभियान नेपाली क्रिकेटप्रति भिभोको दीर्घकालीन प्रतिबद्धताको एउटा कडी हो । नेपाल प्रिमियर लिगदेखि विश्वकपसम्म भिभोले सधैं क्रिकेट समुदायलाई साथ दिँदै नेपाली क्रिकेटलाई विश्वमञ्चमा अघि बढाउन समर्थन गर्दै आएको छ ।

 

पछिल्लो अध्यावधिक: माघ २४, २०८२ १३:३१