सीजी इलेक्ट्रोनिक्सका ४० भाग्यशाली ग्राहक नेपाल र वेस्ट इन्डिजको खेल हेर्न मुम्बई प्रस्थान
फागुन १, २०८२ १३:१४
काठमाडौँ । सीजी इलेक्ट्रोनिक्सले आफ्नो विशेष ‘वर्ल्डकप मुम्बई ट्रिप योजना’ का विजेताहरूलाई शुक्रबार मुम्बई प्रस्थान गराएको छ । आईसीसी टी-२० पुरुष विश्वकप अन्तर्गत नेपाल र वेस्ट इन्डिजबिचको ऐतिहासिक खेल मुम्बईको वानखेडे स्टेडियमबाटै प्रत्यक्ष हेर्ने अवसर पाएका ४० जना भाग्यशाली विजेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुम्बई उडेका हुन् ।
कम्पनीले गत २९ मङ्सिरदेखि १२ माघसम्म सञ्चालन गरेको यस विशेष वर्ल्डकप लक्षित योजनामा ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो । उक्त समयावधिमा सीजी इलेक्ट्रोनिक्स अन्तर्गतका ब्रान्डहरू एलजी, सीजी, सीजी एसडीए, टीसीएल, ब्ल्याक+डेकर, गोदरेज, सेन्साई, माइडिया, केन्ट र क्राम्प्टनका उत्पादनहरू खरिद गरी हजारौँ ग्राहकहरूले एसएमएसमार्फत सहभागिता जनाएको उल्लेख छ । तिनै हजारौँ सहभागीहरू मध्येबाट डिजिटल गोलाप्रथा मार्फत निष्पक्ष रूपमा यी ४० जना भाग्यशाली विजेताहरू छनोट गरिएको कम्पनीले जानकारी दिएको छ ।
विजेताहरूले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन् । कम्पनीका अनुसार यस प्याकेजमा काठमाडौँ-मुम्बई-काठमाडौँ दुईतर्फी हवाई टिकट, मुम्बईस्थित तारे होटेलमा बसाइ तथा खानपिनको व्यवस्था गरिएको छ । साथै, विजेताहरूले मुम्बईका प्रसिद्ध स्थानहरूको अवलोकन भ्रमण (सिटी टुर) गर्नुका साथै वानखेडे स्टेडियममा हुने नेपाल र वेस्ट इन्डिजबिचको रोमाञ्चक खेलको विशिष्ट टिकट समेत प्राप्त गरेका छन् ।
आफ्ना ग्राहकहरूलाई गरेको वाचा पुरा गर्न पाएको भन्दै कम्पनीले खुसी व्यक्त गरेको छ । ४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा निरन्तर सेवा दिँदै आएको सीजी इलेक्ट्रोनिक्सले आफ्ना ग्राहक वर्गको माया र विश्वासलाई कदर गर्दै आगामी दिनमा पनि यस्तै रोमाञ्चक र भव्य योजनाहरू निरन्तर ल्याइरहने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
पछिल्लो अध्यावधिक: फागुन १, २०८२ १३:१४
