अनर एक्स ५ सी सिरिज अन्तर्गत दुई नयाँ स्मार्टफोन नेपाली बजारमा, मूल्य १८ हजारभन्दा कम
फागुन ११, २०८२ १३:३३
काठमाडौँ । स्मार्टफोनमा ब्राण्ड अनरले अनर एक्स ५ सी सिरिज अन्तर्गत दुई भेरियन्टका स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । कम्पनीले हालै ‘एक्सट्रिम च्याम्पियन’ ट्यागलाइन सहित अनर एक्स ५ सी र अनर एक्स ५ सी प्लस फोन सार्वजनिक गरेको हो ।
किफायती मूल्यमा उत्कृष्ट प्रविधि र क्यामेराका साथ आएको यो सिरिज दैनिक प्रयोगका लागि सेग्मेन्टमै अब्बल फोनको रूपमा रहने विश्वास कम्पनीको छ । कम्पनीका अनुसार फोनमा ५० मेगापिक्सेलको डुअल क्यामेरा सिस्टम रहेको छ ।
जस मार्फत् स्पष्ट, जीवन्त र उच्च गुणस्तरको फोटो तथा भिडिओ लिन सकिने छ । फोनमा मिडिया टेक प्रोसेसर प्रयोग गरिएको छ, जसले फोनमा एकै पटक धेरै कामहरू गर्न सकिने छ । यसका साथै फोनमा ५२६० एमएएच क्षमताको शक्तिशाली ब्याट्री उपलब्ध गराइएको छ ।
यो फोन नेपाली बजारमा ओसियन साइन, मिडनाइट ब्ल्याक र मिटियोर सिल्भर गरी तीन फरक कलर भेरियन्टमा आएको छ । ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेजको अनर एक्स ५ सीको बजारमा मूल्य १५ हजार ९९९ र अनर एक्स ५ सी प्लसको मूल्य १७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
पछिल्लो अध्यावधिक: फागुन ११, २०८२ १३:३३
