नयाँ वर्ष लक्षित ओप्पोको योजना, हप्तामा १ जनालाई स्मार्टफोन र बम्परमा रोयल इन्फिल्ड बाइक
चैत २, २०८२ ९:७
काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्रान्ड ओप्पोले आगामी नेपाली नयाँ वर्षलाई लक्षित गर्दै 'ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग' अभियान सार्वजनिक गरेको छ । देशभरका ग्राहकलाई साप्ताहिक रूपमा आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्नुका साथै बम्पर पुरस्कार समेत प्रदान गर्ने उद्देश्यका साथ यो क्याम्पेन सुरु गरिएको हो ।
नेपाली नयाँ वर्षलाई स्वागत गर्दै सञ्चालन गरिएको यो अभियान चार हप्तासम्म चल्नेछ । अभियान अवधिमा ओप्पो स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले लक्की ड्रमा सहभागी भई विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । यस अभियानको उद्देश्य चाडपर्वको उत्साहलाई अझ बढाउनुका साथै ब्रान्डप्रति ग्राहकहरूले देखाउँदै आएको निरन्तर विश्वास र समर्थनप्रति आभार व्यक्त गर्नु रहेको कम्पनीले जनाएको छ ।
अभियान अवधिभर प्रत्येक हप्ता एक जना भाग्यशाली ग्राहकलाई साप्ताहिक लक्की ड्र मार्फत ओप्पो ए६ स्मार्टफोन प्रदान गरिनेछ । लक्की ड्र तालिका अनुसार पहिलो हप्ता ८ चैत (आइतबार), दोस्रो हप्ता १५ चैत (आइतबार), तेस्रो हप्ता २२ चैत (आइतबार) र चौथो हप्ता २९ चैत (आइतबार) मा लक्की ड्र सञ्चालन हुनेछ । जसअन्तर्गत प्रत्येक हप्ता एक–एक वटा ओप्पो ए६ स्मार्टफोन प्रदान गरिनेछ ।
पारदर्शिता कायम राख्न तथा जनविश्वास सुनिश्चित गर्न लक्की ड्र कम्पनीका आधिकारिक सामाजिक सञ्जाल प्लेफर्महरू मार्फत भिडिओ लटरी प्रणाली मार्फत सञ्चालन गरिनेछ । विजेता छनोट प्रक्रिया सार्वजनिक रुपमा शेयर गरिने कम्पनीले जनाएको छ । जसबाट ग्राहकहरूले विजेता कसरी छनोट गरिन्छ भन्ने स्पष्ट रूपमा अवलोकन गर्न सक्नेछन् ।
उक्त अभियानको समापन नेपाली नयाँ वर्षको अवसरमा ३० चैमा आयोजना हुने बम्पर ड्रसँगै हुनेछ । यस बम्पर ड्रमार्फत एक जना भाग्यशाली विजेताले रोयल इन्फिल्ड हन्टर ३५० मोटरसाइकल प्राप्त गर्नेछन् ।
पछिल्लो अध्यावधिक: चैत २, २०८२ ९:७
