close

सरकारले सट्टेबाजी एप र वेबसाइट २४ घन्टाभित्र बन्द गर्ने

टेकपाना टेकपाना

चैत १४, २०८२ २१:५३

सरकारले सट्टेबाजी एप र वेबसाइट २४ घन्टाभित्र बन्द गर्ने

काठमाडौँ । सरकारले नेपालमा सञ्चालित सट्टेबाजी एप (Betting App) र त्यससँग सम्बन्धित वेबसाइटहरू २४ घण्टाभित्र पूर्ण रूपमा बन्द गर्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’ अन्तर्गत यो कार्यसूची अघि सारिएको हो ।

शनिबार सार्वजनिक गरिएको कार्यसूचीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई तत्काल कार्यान्वयन गर्ने गरी यस्तो जिम्मेवारी सुम्पिएको छ । कार्यसूचीको बुँदा नम्बर ४२ मा भनिएको छ, “सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप (Betting App) र त्यससम्बन्धी वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने ।”

नेपालमा कुनै पनि प्रकारको सट्टेबाजी प्रतिबन्धित छ । तर अवैध रूपमै दर्जनाैँ प्लेटफर्म सक्रिय छन् । यसअघि पनि पटक–पटक यस्ता एपहरूमाथि प्रतिबन्ध लगाउने प्रयास भए तापनि प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन ।

 

पछिल्लो अध्यावधिक: चैत १४, २०८२ २१:५३