close

नयाँ वर्षको अवसरमा टिभी, वाशिङ मसिन र रेफ्रिजेरेटरमा २५ प्रतिशतसम्मको छुट दिँदै सामसङ

टेकपाना टेकपाना

चैत १७, २०८२ १२:२७

नयाँ वर्षको अवसरमा टिभी, वाशिङ मसिन र रेफ्रिजेरेटरमा २५ प्रतिशतसम्मको छुट दिँदै सामसङ

काठमाडौँ । नेपाली नयाँ वर्षको उपलक्ष्यमा सामसङले ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ नामक नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना नयाँ टिभी र होम एप्लायन्सहरूमा विशेष छुटसहित यो अफर ल्याइएको हो । 

कम्पनीका अनुसार यो अफर १ अप्रिलदेखि १४ मे, २०२६ सम्म लागु हुनेछ । यो क्याम्पेन अन्तर्गत सामसङले टिभीमा २५% सम्म, वाशिङ मसिनमा २३% सम्म र रेफ्रिजरेटरमा १७% सम्मको छुट उपलब्ध गराएको छ । 

अफरलाई अझ आकर्षक बनाउन निश्चित टिभी मोडेल खरिदमा ३,००० रुपैयाँ बराबर १२ महिनासम्मको नेटटिभी प्याकेज नि:शुल्क पाउन सकिनेछ । त्यसैगरी निश्चित वाशिङ मसिन मोडेलको खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक पक्का उपहारको रूपमा नि:शुल्क पाइनेछ ।

टिभी अफर

क्याटेगोरी

इन्च

छुट (सम्म)

पक्का उपहार

QLED

५५” - ८५”

२५%

१२ महिना नि:शुल्क NETTV प्याकेज

UHD

४३” - ६५”

१०%

१२ महिना नि:शुल्क NETTV प्याकेज

FHD

४३”

७%

६ महिना नि:शुल्क NETTV प्याकेज

HD

३२”

२१%

६ महिना नि:शुल्क NETTV प्याकेज

 

वाशिङ मसिन अफर

क्याटेगोरी

क्षमता

छुट (सम्म)

Sure-shot Gift

AI EcobubbleTM Washer Dryer

९-११ Kg

२३%

Surf Excel Matic FL ६ Kgs

AI EcobubbleTM Front Load

९-१२ Kg

२०%

Surf Excel Matic FL ६ Kgs

WW90DG5U24AXIM मा अनुमति छैन

Fully Automatic Top Load

८ Kg

१२%

 

Semi Automatic Top Load

७ Kg

१२%

 


Refrigerator Offers

क्याटेगोरी

क्षमता

छुट (सम्म)

SBS

७००L

११%

5 in 1

३५०L - ४१९L

१६%

Double Door

२५३L - २७५L

१७%

Single Door

१९२L - २३०L

१५%

यसका साथै सहजै सामसङका प्रिमियम टिभी र होम अप्लायन्स खरिद गर्न मिल्ने गरी नयाँ २४ महिने ईएमआई योजना समेत विस्तार गरिएको छ । ग्राहकहरूले ५०,००० भन्दा माथिका नयाँ होम अप्लायन्स ४०% डाउनपेमेन्ट गरेर सजिलै लिन सक्छन् । यो नयाँ योजनाले १२ महिने ईएमआईको तुलनामा मासिक किस्ता झण्डै आधा बनाउँछ ।

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले १२ महिना ईएमआई योजनामा ०% ब्याजदरमा उपकरणहरू खरिद गर्न सक्छन् । तर २४ महिने ईएमआईको विकल्पमा भने ७.९९% अतिरिक्त ब्याज लागु हुने बताइएको छ । 

यसका साथै नयाँ सामसङ टिभी र होम अप्लायन्समा अपग्रेड हुन चाहने ग्राहकहरूले अर्कोस्टोर (ArkoStore) मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्स्चेन्ज गर्न सक्नेछन् । अफरबारे थप जानकारीका लागि नजिकैको अधिकृत सामसङ स्टोरमा गई विवरण बुझ्न सकिनेछ । 

पछिल्लो अध्यावधिक: चैत १७, २०८२ १२:२९