५० एमपी जाइस सुपर टेलिफोटो क्यामरासहित भिभो भी-७० नेपाली बजारमा, खरिदमा आकर्षक अफर
चैत २५, २०८२ १०:४३
काठमाडौँ । स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो लोकप्रिय भी सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो भी-७० नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । व्यावसायिक स्तरको पोर्ट्रेट फोटोग्राफी र अत्याधुनिक एरोस्पेस डिजाइनमा आधारित यो डिभाइस विशेष गरी टाढाबाट पनि स्पष्ट र उच्च गुणस्तरको तस्विर खिच्न चाहने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको हो ।
भिभो भी-७० को मुख्य आकर्षण यसको ५० एमपी जाइस (ZEISS) सुपर टेलिफोटो क्यामरा हो । यसले प्रयोगकर्ताहरूलाई टाढाको दृश्य पनि पूर्ण स्पष्टताका साथ कैद गर्न मद्दत गर्छ । कम प्रकाशमा पनि उत्कृष्ट प्रदर्शन गर्ने यो क्यामराले स्टेज कार्यक्रमहरू र पोर्ट्रेट खिच्दा सूक्ष्म विवरणहरू सुरक्षित राख्ने कम्पनीको दाबी छ ।

भी सिरिजमा पहिलो पटक फोरके ६० एफपीएस (4K 60 fps) भिडिओ रेकर्डिङ सुविधा उपलब्ध गराइएको छ । जसले सिनेम्याटिक गुणस्तरको भिडिओ अनुभव दिन्छ । साथै यसमा रहेको एआई स्टेज मोडले १ गुणादेखि २० गुणासम्मको जुम रेन्ज प्रदान गर्छ । जसले कन्सर्ट वा स्टेज कार्यक्रमहरूमा अन्तिम लाइनमा बसेर पनि अनुहारको स्पष्ट विवरण र सूक्ष्म डिटेलहरू कैद गर्न मद्दत गर्ने कम्पनीको भनाई छ । पोर्ट्रेट फोटोग्राफीलाई अझ उत्कृष्ट बनाउन यसमा जाइस मल्टिफोकल पोर्ट्रेट र सिग्नेचर जाइस स्टाइल बुके जस्ता फिचरहरू समावेश छन् ।
भी-७० को स्थायित्वका लागि यसमा एरोस्पेस-ग्रेड ६-सिरिज अल्मुनियम अलोय फ्रेम प्रयोग गरिएको छ । जसले फोनलाई बलियो बनाउनुका साथै खिया लाग्नबाट पनि बचाउँछ । यसको डिजाइनमा फ्ल्याट डिस्प्ले र राउण्डेड कर्नर्स (घुमाउरो कुनाहरू) को संयोजन गरिएको छ । जसले फोन समात्न सहज र आधुनिक देखिन्छ । फोनको पछाडि रहेको फ्ल्यागशिप मेटालिक क्यामेरा मोड्युलले यसलाई प्रिमियम लुक दिएको छ । यो स्मार्टफोन ड्युन ग्रे (Dune Gray) र स्यान्डलउड ब्राउन (Sandalwood Brown) गरी दुई आकर्षक रङहरूमा उपलब्ध छ ।
फोनमा १.५k अल्ट्रा क्लियर ओलेड (OLED) डिस्प्ले र १२० हर्ज रिफ्रेश रेट छ । जसले भिडिओ स्ट्रिमिङ र गेमिङमा सहज अनुभव प्रदान गर्छ । यसमा ६५०० एमएएच को शक्तिशाली ब्लुभोल्ट ब्याट्री राखिएको छ । जसलाई ९० वाट फ्ल्याशचार्ज प्रविधिले छिटो चार्ज गर्न मद्दत गर्छ । दैनिक प्रयोगमा आइपर्ने धुलो र पानीबाट बचाउने मामिलामा यसले IP68 र IP69 को उच्च-स्तरीय सुरक्षा रेटिङ पाएको छ ।
मूल्य र उपलब्धता
भिभो भी-७० दुईवटा भेरियन्टमा देशभरका भिभो रिटेल स्टोरहरू र दराज अनलाइनमा उपलब्ध छ । जसमध्ये १२ जीबी/२५६ जीबी भेरियन्टको मूल्य ८३ हजार ९९९ रुपैयाँ रहेको छ भने १२ जीबी/५१२ जीबी भेरियन्टका लागि ९४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
फोनको बिक्री सुरुवात भएको उपलक्ष्यमा भिभोले विशेष अफरहरू सार्वजनिक गरेको छ । पहिलो १,२०० ग्राहकले भिभो बड्स एयर ३ नि:शुल्क प्राप्त गर्नेछन् ।
त्यस्तै पहिलो २,००० ग्राहकले खरिद गरेको ६ महिनासम्मका लागि एक पटक स्क्रिन रिप्लेसमेन्ट र एक पटक वाटर ड्यामेज प्रोटेक्सन (पानीले हुने क्षति विरुद्धको सुरक्षा) पाउनेछन् । चार जना भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरूप ईभी स्कुटर जित्ने मौका पाउनेछन् ।
फोन खरिद गर्ने सहजताका लागि १२ महिनाको ०% ब्याजदरमा ईएमआई सुविधा पनि उपलब्ध छ । जसले यो फ्ल्यागशिप फोन खरिद गर्न अझ सहज बनाउनेछ ।
पछिल्लो अध्यावधिक: चैत २५, २०८२ १०:४३
