काठमाडौँ । शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्ने तयारीसहित बोर्डको बैठक बसिरहेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का सूचना अधिकारी लक्ष्मी मरासिनीले टेकपानालाई जानकारी दिइन् ।
उनले भनिन्, “केही घण्टा भित्रमा नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ । हामी अहिले बोर्ड बैठकमा छौँ ।”
कसरी हेर्ने नतिजा ?
एसएमएस, आईभीआर र विभिन्न वेबसाइटबाट एसईईको नतिजा हेर्न सकिने छ । बोर्डले उपलब्ध गराएका माध्यम प्रयोग गरी प्रकाशित भएको केही समयपछि नतिजा हेर्न सकिने छ ।
विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक शर्टकोडमार्फत नतिजा थाहा पाउन सक्नेछन् ।
नेपाल टेलिकमको १६०० मा कल, एसएमएस र यूएसएसडीमार्फत नतिजा हेर्न सकिने प्रबन्ध मिलाइएको छ । यस्तै जानकी टेक्नोलोजीज ३५००१ तथा एम्बिसन गुरुको ३१०६१ मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिने छ । बोर्डले उपलब्ध गराएका माध्यम प्रयोग गरी प्रकाशित भएको केही समयपछि नतिजा हेर्न मिल्ने छ ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, ईकान्तिपुर लगायतका वेबसाइट प्रयोग गरेर समेत नतिजा हेर्न सकिनेछ । यसका लागि निम्न वेबसाइटले मान्यता पाएका छन् ।
https://ncellapp.ncell.com.np/result
शैक्षिक सत्र २०८२ को एसईई परीक्षा १९ चैतदेखि सुरु भएर २९ चैतमा सम्पन्न भएको थियो । विगतमा परीक्षा सम्पन्न भएको लगभग तीन महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो । तर यस पटक शिक्षामन्त्री सस्मित पोखरेलले परीक्षा सुरु हुनुभन्दा पहिले नै बोर्डलाई एक महिना भित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएका थिए ।
सोहीअनुरूप बोर्डले एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । यसका लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गर्ने प्रबन्ध मिलाइएको थियो । बोर्डले फास्ट ट्र्याकमा काम गरेर पूर्वनिर्धारित समयसीमाभित्रै सबै काम पूरा गरी एसईईको नतिजा सार्वजनिक गर्ने तयारी भएको सूचना अधिकारी मरासिनीले जानकारी दिइन् ।
पछिल्लो अध्यावधिक: बैशाख २८, २०८३ १९:८
