close

विद्युत् प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा ग्रिन युरिया मल उद्योग सञ्चालन गरिने

टेकपाना टेकपाना

जेठ १५, २०८३ १७:४९

विद्युत् प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा ग्रिन युरिया मल उद्योग सञ्चालन गरिने

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा कम्पनी मोडेलमा ग्रिन युरिया मल उद्योग सञ्चालन गर्न दिने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसबारे योजना सुनाए ।

अर्थमन्त्री डा. वाग्लेले भने, “नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा कम्पनी मोडेलमा ग्रिन युरिया मल उद्योग सञ्चालन गर्न दिनेछौँ । निजी क्षेत्रबाट ग्रिन युरिया उत्पादन प्रवर्द्धन गर्न खरिद ग्यारेन्टी सम्झौता गरी सहुलियत दरमा विद्युत् उपलब्ध गराउने व्यवस्था मिलाउनेछौँ ।”

 

पछिल्लो अध्यावधिक: जेठ १५, २०८३ १७:४९