close

एसुसका एआई-आधारित नयाँ ल्यापटप, डेस्कटप पीसी र ट्याब्लेटहरू बजारमा

टेकपाना टेकपाना

असार ३, २०८३ १२:२७

एसुसका एआई-आधारित नयाँ ल्यापटप, डेस्कटप पीसी र ट्याब्लेटहरू बजारमा

काठमाडौं । एसुसले एआई-आधारित ल्यापटप, डेस्कटप पीसी, अल-इन-वान (AIO) पीसी र ट्याब्लेटहरू बजारमा ल्याएको छ । विद्यार्थी, व्यावसायिक व्यक्ति र सर्वसाधारण प्रयोगकर्ताहरूलाई सशक्त बनाउने उद्देश्यले यी उपकरणहरूको डिजाइन गरिएको एसुसले जनाएको छ ।

यो नयाँ लाइनअपले प्रत्येक कम्प्युटिङ श्रेणीमा एआईलाई अझ व्यावहारिक, व्यक्तिगत र पहुँचयोग्य बनाउने कम्पनीले जनाएको छ । एसुसले चिप निर्माता कम्पनी एनभिडियासँगको सहकार्यमा नयाँ ‘प्रोआर्ट पी१६ (एच७६०७)’ र ‘पी१४ (एच७४०७)’ ल्यापटप बजारमा ल्याएको छ । यी ल्यापटपहरू एनभिडिया आरटिएक्स स्पार्कद्वारा सञ्चालित पहिलो आसुस क्रियटर ल्यापटपहरू भएको कम्पनीले जानकारी गराएको छ । 

‘पी१६’ र ‘पी१४’ ल्यापटपहरूले व्यक्तिगत एआई एजेन्टको युगका लागि आवश्यक एआई पर्फमेन्स र सिर्जनात्मक कार्यप्रवाह (workflow) प्रदान गर्ने कम्पनीको दाबी छ । क्रियटरहरूको अनुभवलाई थप परिष्कृत गर्नका लागि आसुसले ‘प्रोआर्ट इकोसिस्टम’ भित्र विशेष एआई-सञ्चालित सफ्टवेयर टुलहरू र एआई एजेन्ट समावेश गरेको छ ।

एआई-सक्षम कम्प्युटिङ पोर्टफोलियोलाई विस्तार गर्दै एसुसले इन्टेल, एएमडी वा स्न्यापड्रागन-सञ्चालित ‘जेनबुक १४’ र स्न्यापड्रागन-एक्सक्लुसिभ ‘भिभोबुक’ सिरिज पनि बजारमा ल्याएको छ । कम्पनीले यी कोपाइलट+ पीसीहरूमा पूर्ण रूपमा मेटल च्यासिस र आकर्षक डिजाइनको संयोजन गरेको छ ।

एसुसले एआई-सञ्चालित डिभाइसहरूको लाइनअपमा ‘एसुस भी’ सिरिज डेस्कटप र ‘अल-इन-वान’ पीसीहरू पनि प्रस्तुत गरेको छ । साथै, ट्याब्लेट श्रेणीमा पूर्ण रूपमा नयाँ ‘एसुस प्याड’ पनि बजारमा ल्याएको छ । 

यस्तै, कम्पनीले ‘जेन्नी क्ल’ नामक नयाँ एआई असिस्टेन्ट पनि सार्वजनिक गरेको छ । यसले काम, यात्रा र दैनिक जीवनसँग सम्बन्धित विभिन्न एजेन्टिक एआई वर्कफ्लोहरूको पहुँचलाई अझ सरल बनाउने लक्ष्य राखेको छ । एसुसले यी सबै नयाँ प्रडक्टहरू समेटर समग्र एआई इकोसिस्टम निर्माण गरेको छ ।

पछिल्लो अध्यावधिक: असार ३, २०८३ १२:४०