७००० एमएएच ब्याट्री र ५० एमपी सेल्फी क्यामेरासहित ओप्पो ए सिक्स एस प्रो नेपालमा, मूल्य ५६,९९९
असार २१, २०८३ ९:३२
काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ प्रिमियम स्मार्टफोन ओप्पो ए सिक्स एस प्रो आधिकारिक रूपमा सार्वजनिक गरेको छ । फ्ल्यागशिपबाट प्रेरित आकर्षक डिजाइन, उत्कृष्ट सेल्फी क्यामेरा, शक्तिशाली ब्याट्री, फास्ट चार्जिङ प्रविधि र प्रिमियम टिकाउपनासहित आएको यस फोनको मूल्य ५६,९९९ रुपैयाँ तोकिएको छ ।
ओप्पो ए सिक्स एस प्रोमा ६.५७ इन्चको एमोलेड डिस्प्ले दिइएको छ । जसले १२० हर्जको हाई रिफ्रेश रेट सपोर्ट गर्छ । यसले गर्दा प्रयोगकर्ताले अत्यन्तै स्मुथ स्क्रोलिङ र छरितो रेस्पोन्सको अनुभव पाउन सक्नेछन् । चर्को घाममा पनि डिस्प्ले स्पष्ट देखियोस् भन्नका लागि यसमा १,४०० निट्ससम्मको पिक ब्राइटनेस राखिएको छ ।
फोनको बाहिरी डिजाइन प्रकृतिबाट प्रेरित रहेको कम्पनीले जनाएको छ । यसमा प्रिमियम थ्रिडी डाइनामिक ग्लो डिजाइन प्रयोग गरिएको छ । जसले फोनलाई परिष्कृत लुक दिनुका साथै हातमा समात्दा निकै सहज (In-hand feel) बनाउँछ । ओप्पोको प्रख्यात रेनो (Reno) सिरिजबाट प्रेरित डिजाइन ल्याङ्ग्वेज प्रयोग गरिएको यो फोन लुमिना फरेस्ट (Lumina Forest) र इक्लिप्स ब्लु (Eclipse Blue) गरी दुईवटा आकर्षक रङमा उपलब्ध छ ।
क्यामेरा
सेल्फीका शौखिनहरूका लागि यो स्मार्टफोन निकै उपयोगी साबित हुन सक्छ । यसमा ५० एमपीको ०.६ एक्स (१००-डिग्री पीओभी) अल्ट्रा-वाइड सेल्फी क्यामेरा उपलब्ध छ । जसले अझ स्पष्ट, विस्तृत र प्राकृतिक रङसहितका सेल्फी तथा फराकिला ग्रुप फोटोहरू खिच्न मद्दत गर्छ । त्यस्तै, फोनको पछाडिको भागमा मुख्य क्यामेराको रूपमा ५० एमपी र २ एमपीको डुअल रियर क्यामेरा सिस्टम दिइएको छ । जसले दैनिक जीवनका महत्त्वपूर्ण क्षणहरूलाई गहिराइ र स्पष्टताका साथ कैद गर्न सक्छ ।
कार्यक्षमता, ब्याट्री र सुरक्षा
स्मार्टफोनमा बहुआयामिक कार्यहरू सहज रूपमा गर्नका लागि मिडियाटेक हेलियो जी-१०० म्याक्स प्रोसेसर राखिएको छ । जसले स्मुथ मल्टिटास्किङ र गेमिङमा उत्कृष्ट प्रदर्शन गर्छ । सफ्टवेयरको कुरा गर्दा यो फोन ओप्पोको कलरओएस प्रविधिमा सञ्चालित छ ।
लामो समयसम्म बिना कुनै झन्झट फोन चलाउन चाहनेहरूका लागि यसमा ७००० एमएएचको विशाल ब्याट्री दिइएको छ । जसलाई चार्ज गर्नका लागि फोनमा ८० वाटको सुपरभोक फ्ल्याश चार्ज सपोर्ट उपलब्ध छ । यो प्रविधिले फोनलाई मात्र ६१ मिनेटमा १०० प्रतिशत चार्ज गर्न सक्ने कम्पनीले जनाएको छ । जसले गर्दा प्रयोगकर्ताले छोटो समयमै चार्ज गरेर लामो समयसम्म फोन सहज रूपमा प्रयोग गर्न पाउनेछन् ।
धुलो र पानीको जोखिमबाट बचाउनका लागि फोनमा उच्च स्तरको आईपी-६९-के (IP69K) वाटर एन्ड डस्ट रेसिस्टेन्स क्षमता दिइएको छ । जसले कडा र कठिन वातावरणमा पनि फोनलाई सुरक्षित राख्दै दीर्घकालीन स्थायित्व प्रदान गर्छ ।
उपलब्धता र विशेष अफर
नेपालमा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध ओप्पो ए सिक्स एस प्रो देशभरका ओप्पोका आधिकारिक रिटेल स्टोरहरूबाट सहजै खरिद गर्न सकिनेछ । ग्राहकहरूको सहजताका लागि कम्पनीले सुलभ ईएमआईको सुविधा समेत उपलब्ध गराएको छ ।
नयाँ फोन सार्वजनिक भएको विशेष अवसरमा ओप्पोले ग्राहकहरूका लागि विशेष २ महिने रिप्लेसमेन्ट नीति (2-Month Replacement Policy) पनि ल्याएको छ । यो अफर ३ जुलाई २०२६ देखि २ अगस्ट २०२६ सम्मको प्रमोसनल अवधि भित्र फोन खरिद गर्ने ग्राहकहरूका लागि मात्र लागु हुनेछ । योग्य ग्राहकहरूले सर्त अनुसार २ सेप्टेम्बर २०२६ सम्म रिप्लेसमेन्ट दाबी गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: असार २१, २०८३ ९:३२
