close

विद्युतीय अपराध आरोपमा पक्राउ परेकी वेदिका केसी रिहा, मुद्दा भने कायमै

टेकपाना टेकपाना

साउन ८, २०८३ ८:५२

विद्युतीय अपराध आरोपमा पक्राउ परेकी वेदिका केसी रिहा, मुद्दा भने कायमै

काठमाडौं । विद्युतीय अपराधको कसुरमा पक्राउ परेकी वेदिका केसी रिहा भएकी छिन् । केसीलाई सरकारी वकिलको कार्यालयको लिखित सहमतिमा आज (शुक्रबार) बिहान १० बजे हाजिर हुनेगरी छोडिएको साइबर ब्युरोका प्रवक्ता एसपी दिलीप कुमार गिरीले टेकपानलाई जानकारी दिए ।

आफूलाई अभियन्ताका रूपमा चिनाउँदै आएकी वेदिका केसीलाई साइबर ब्युरोले बिहीबार जोरपाटीबाट पक्राउ गरेको थियो । साइबर ब्युरोले जिल्ला अदालत काठमाडौंंबाट एक दिनको म्याद थपेर अनुसन्धानको प्रक्रिया अगाडि बढाएको थियो । बिहीबार नै हाजिर जमानीमा छाडिएपनि केसीमाथिको मुद्दा जारी रहेको एसपी गिरीले बताए । 

पछिल्लो समय सामाजिक सञ्जालमा धर्मभित्रको गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताका रूपमा केसीले विभिन्न टेलिभिजन कार्यक्रम र सामाजिक सञ्जालमार्फत आफ्ना धारणाहरू सार्वजनिक गर्दै आएकी थिइन् । सोही क्रममा उनले दिएका कतिपय अभिव्यक्ति र टिप्पणीले आफ्नो चरित्रहत्या गरेको भन्दै एक चर्चित कथावाचिकाले उनीविरुद्ध कानुनी लडाइँ लड्ने बताएकी थिइन् ।

व्यवसायी पृष्ठभूमिकी केसीले धर्म, संस्कार र तन्त्रविद्याका नाममा हुने शोषण र भ्रमविरुद्ध आवाज उठाउँदै आएकी छन् । उनी जीबीएस एजुकेसनल कन्सल्टेन्सीकी सञ्जालक पनि हुन् ।

पछिल्लो अध्यावधिक: साउन ८, २०८३ ८:५२