चालिसको दशकदेखि नै नेपाली चलचित्रका गीतहरू रेकर्डिङका लागि बम्बई लान थालियो । नेपालमा रेकर्डिङ नै नहुने त होइन, तर बम्बईमा छिटो र क्वालिटी रेकर्डिङ हुन्थ्यो । त्यही भएर पनि प्रायः चलचित्रका गीतहरू रेकर्डिङ गर्न उतै गइन्थ्यो । पचासको दशकदेखि म पनि जान थालेँ । ...
