close

ड्राइभ गर्दा मोबाइल चलाउने बानी छ ? सावधान ! अब ट्राफिकको क्यामेराले नै पत्ता लगाउनेछ

टेकपाना टेकपाना

मंसिर १७, २०७६ १८:१४

ड्राइभ गर्दा मोबाइल चलाउने बानी छ ? सावधान ! अब ट्राफिकको क्यामेराले नै पत्ता लगाउनेछ

सवारीसाधन चलाइरहेको अवस्थामा मोबाइल चलाउँदा खतरनाक हुन सक्छ । जसकै कारण हरेक वर्ष कयौँले ज्यान गुमाइरहेको दाबी समेत गहुने गरेको छ । 

यस किसिमको जोखिम बारे जानकार हुँदा हुँदै समेत धेरैजसोले सवारीसाधन हाँकिरहँदा आफ्नो फोन प्रयोग गरिरहेका हुन्छन् । नेपालमा सडक दुर्घटनाकै कारण २०७५ सालमा २ हजार १६६ जनाको ज्यान गयो भने ७ हजार ८६७ जना घाइते भए । यसरी सडक दुर्घटनामा पर्नेको संख्या हरेक वर्ष बढ्दो छ । 

यस्तै किसिमको परिस्थितिसँग जुध्ने नयाँ उपाय प्रयोगमा आएको छ । सन् २०२१ सम्ममा सडक दुर्घटनालाई ३० प्रतिशतले न्युनिकरण गर्ने लक्षका साथ विश्वमै पहिलो पटक अस्ट्रेलियाको नर्थ साउथ वेल्समा सवारीसाधन चलाइरहँदा मोबाइल प्रयोग गरेको पत्ता लगाउने ट्राफिक क्यामेराको प्रयोग गरिने भएको छ ।

कानूनतः हाल वेल्समा  सवारीसाधन चलाइरहँदा मोबाइलमा आएको कल उठाउन रोक लगाइएको छैन । त्यसका लागि मोबाइलमा हात लैजान भने पाइँदैन अर्थात मोबाइल ह्याण्डस् फ्री हुन अनिवार्य छ । 

तर टेक्स्ट गर्ने, सामाजिक सञ्जालको प्रयोग गर्ने वा फोनमा हात लैजानुपर्ने गरी मोबाइलको प्रयोग भने गैरकानूनी छ । नेपालको ट्राफिक नियमअनुसार सवारीसाधन चलाइरहँदा मोबाइल फोनको प्रयोग पुर्णतया गैरकानूनी मानिन्छ ।

यो नियम उलंघन गरेको खण्डमा पहिलो पटक पाँच सय, दोश्रो पटक एक हजार र तेश्रो पटक १५ सय रुपैयाँ जरिवाना तिराइने गरेको ट्राफिक प्रहरी प्रवक्ता एसपी रवीकुमार पौडेल बताउँछन् ।

मोबाइल चलाइरहेको पत्ता लगाउने क्यामेरा दिन-रात मात्रै होइन हरेक किसिमको मौसमी अवस्थामा समेत सञ्चालनमा रहने बताइएको छ । आर्टिफिसियल इन्टेलिजेन्स अर्थात कृतिम वौद्धिकताको प्रयोगबाट चालकले मोबाइल चलाइरहेको अनुगमन गरिनेछ । 

ड्राइभरले मोबाइल प्रयोग गर्ने वित्तिकै कुरा क्यामेराले थाहा पाउने वितिक्कै फोटो खिच्नेछ र आधिकारिक अधिकारीले त्यसको पुष्टि गर्नेछ । सवारीसाधन चलाइरहेको थाहा भएमा पहिलो तीन महिनासम्म ड्राइभरहरुले चेतावनीपत्र पाउनेछन् ।

त्यसपछि भने जरिवाना तिर्न लगाइनेछ । विद्यालय क्षेत्रमा यस्तो जरिवाना ३५ हजार रुपैयाँभन्दा बढी हुनेछ । अस्ट्रेलियाको सरकारले यसको माध्यमबाट चार देखि पाँच वर्षको अवधिमा साढे १३ करोड व्यक्तिहरु समात्ने अस्ट्रेलियन सरकारको लक्ष छ । आशा गरौँ सडक दुर्घटनाको भयावह रहेकाे अवस्थामा नेपालमा समेत यो प्रविधि छिट्टै प्रयोगमा आउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३