close

ओप्पोको पहिलो म्याग्नेटिक वायरलेस चार्जर सार्वजनिक

टेकपाना टेकपाना

भदौ १३, २०७८ १०:५

ओप्पोको पहिलो म्याग्नेटिक वायरलेस चार्जर सार्वजनिक

काठमाडौं । चिनियाँ ब्राण्ड ओप्पोले पहिलो पटक आफ्नो म्याग्नेटिक वायरलेस चार्जिङ प्रविधि ल्याएको छ । चीनमा हालै भएको एक कार्यक्रममा कम्पनीले आफ्नो म्यागभोक फ्ल्याश चार्जिङ सिरिज सार्वजनिक गरेको हो ।

ओप्पोले आफ्नो म्याग्नेटिक सिस्टमलाई म्यागभोक (MagVOOC) नाम दिएको हो । कम्पनीका अनुसार यो चार्जिङ स्ट्यान्डले ४० वाट गतिमा स्मार्टफोनको ब्याट्री चार्ज गर्छ । ४ हजार एमएएचको ब्याट्री यो वायरलेस चार्जरमार्फत ५६ मिनेटमा चार्ज हुने कम्पनीले जनाएको छ ।

सो अवसरमा ईन–कार कनेक्टिभिटी लगायतका प्रविधिसमेत प्रदर्शन गरिएकाे छ ।

‘ओप्पोले उपभोक्तालाई विभिन्न परिस्थितिमा समेत सबलता प्रदान गर्ने लक्ष्यका साथ आईओटी तथा ‘इन्टरनेट अफ एक्स्पेरियन्स’ सम्बन्धित फराकिलो क्षेत्रमा निरन्तर सफलता हात पार्दै गइरहेको छ,’ ओप्पोको स्मार्टफोन प्रडक्टका अध्यक्ष हेनरी डुआनले भने, ‘नयाँ म्याग्नेटिक फ्ल्याश चार्जिंङ र ईन–कार कनेक्टिभिटी टेक्नोलोजिजमका माध्यमबाट उपाभोक्ता अनुभवलाई हर–सम्भव पक्षबाट उत्कृष्टता प्रदान गर्न प्रयत्नरत छौं ।’

नयाँ सिरिज मातहत फोन र चार्जरबीच सटिक पंक्तिवद्धताको सुनिश्चितता प्रदान गर्ने म्यागनेटिक अलाइनमेन्ट प्रणालीको प्रयोग गरिएको म्यागभोक वायरलेस पावर बैंक पनि सम्मिलित छ, जसले मोबाइल फोनका लागि २० वाट वायरलेस चार्जिङ र १० वाट वायर्ड चार्जिङ सपोर्ट गर्छ । यसले ४५ सय एमएएचको ब्याट्री मात्र २ घण्टामा फुल चार्ज गर्नसक्ने जनाइएको छ ।

ओप्पोले अर्को वर्ष १२५ वाट क्षमताको वायर्ड फास्ट चार्जिङ प्रविधि ल्याउने तयारी समेत गरेको छ ।

त्यसैगरी समग्र चार्जर नै पातलो बनाउन सघाउने स्प्लिट डिजाइन अपनाइएको २० वाट क्षमताकाे म्यागभोक अल्ट्रा-थिन फ्ल्यास चार्जर पनि प्रदर्शन गरिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१