close

स्वास्थ्य क्षेत्रलाई डिजिटलाइज गर्न ‘हेल्थ याट होम’ मा भित्रियो वैदेशिक लगानी

टेकपाना टेकपाना

भदौ १३, २०७८ १६:५९

स्वास्थ्य क्षेत्रलाई डिजिटलाइज गर्न ‘हेल्थ याट होम’ मा भित्रियो वैदेशिक लगानी

काठमाडौं । घरघरमा पुगेर उपचार सेवा प्रदान गर्दै आएको हेल्थ याट होम, मेड प्रो इन्टरनेशन प्रालिले वैदेशिक लगानी भित्र्याएको छ । कम्पनीले बिजनेस अक्सिजन प्रालिमार्फत लगानी भित्र्याएको हो ।

स्वास्थ्य क्षेत्रलाई थप डिजिटलाइज गर्दै घरघरमा पुगेर उपचार गर्ने कार्यलाई अझ विस्तार गर्ने उद्देश्यका साथ हेल्थ याट होमले वैदेशिक लगानी भित्राएको हो ।

यो लगानी आएसँगै घरघरमा पुगेर सेवा गर्ने कार्य आममानिसको पहुँचमा पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ । साथै नयाँ लगानीले जनशक्ति विस्तार र रोजगारी सिर्जनामा पनि नयाँ आयाम ल्याउने अपेक्षा गरिएको छ ।

१२ वर्षअगाडि डा. विशाल ढकालले स्थापना गरेको हेल्थ याट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । हाल हेल्थ याट होममार्फत करिब १० हजार भन्दा बढि घरले स्वास्थ्य सेवा लिइरहेका छन् । हेल्थ एट होममा हाल ४ सय जना भन्दा बढि स्वास्थ्यकर्मी समेत कार्यरत छन् ।

जसमार्फत घरमै पुगेर विरामको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य हुँदै आएको जनाइएको छ । हेल्थ होमले कोभिड महामारीका बेलामा समेत बिरामीहरूलाई घरघरमै पुगेर उपचार गर्दै आइरहेको छ ।

देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ होमले उपत्यका बाहिर तीनवटा शाखा मार्फत समेत आफ्नो सेवा दिँदै आएको छ ।

बिजनेस अक्सिजन प्रालि नेपालको पहिलो निजी इक्विटी कोष हो । यो अन्तराष्ट्रिय वित्त निगम, डिएफआइडी/एफसिडिओ/जलवायु लगानी कोष लगायतको कोषबाट सञ्चालित रहेको जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१