काठमाडौं । खल्ती डिजिटल वालेटबाट कुनै पनि सहकारीमा नि:शुल्क पैसा पठाउन सकिने भएकाे छ । ग्राहकले अब खल्तीमा जोडिएका चार सयभन्दा बढी सहकारी खातामा नि:शुल्क रकम पठाउन सकिने सेवा सुचारू भएकाे हाे ।
यस सेवाअन्तर्गत खल्तीबाट कुनै पनि सहकारी खातामा एक चोटीमा २५ हजार रुपैयाँको दरले दिनमा एक लाख रुपैयाँसम्म नि:शुल्क पठाउन वा जम्मा गर्न सकिने छ ।
त्यसैगरी, प्रत्येक महिनाको अधिकतम १० पटक वा दुई लाख ५० हजार रुपैयाँसम्मको रकम बिना कुनै सेवाशुल्क खल्तीबाट कुनै पनि सहकारी खातामा ट्रान्सफर गर्न सकिन्छ ।
खल्तीका अनुसार केवाईसी भेरिफाई गराएका प्रयोगकर्ता, खल्ती पसल, र एजेन्टहरुले मात्र यो सुविधा प्रयोग गर्ने पाउनेछन् ।
नयाँ ग्राहकहरु पनि खल्ती एप डाउनलोड गरी खल्ती केवाईसी भेरिफाई गरी याे अफरमा सहभागी हुन सक्नेछन् ।
खल्तीबाट आफ्नो सहकारी खातामा नि:शुल्क रकम ट्रान्सफर गर्ने तरिका:
- खल्ती एप डाउनलोड गरी लग-ईन गर्नुहोस् (नयाँ प्रयोगकर्ताहरुले साइन अप गर्नुहोस् ।)
- ‘खल्ती’को होम पेजमा गई ‘कोअपरेटिभ ट्रान्सफर’ मा क्लिक गर्नुहोस् ।
- अब सम्पूर्ण विवरण दाखिला गरी ‘भ्यालिडेट कोअपरेटिभ अकाउन्ट‘ बटनमा क्लिक गर्नुहोस् ।
- अन्त्यमा सबै विवरण यकिन भएको निश्चित गरी ‘ओके’ बटनमा क्लिक गर्नुहोस्
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
