close

नेपाल र भारतबीच हुने फुटबल खेलको टिकेट प्रभु पेबाट काट्न सकिने

टेकपाना टेकपाना

भदौ १६, २०७८ १६:२१

नेपाल र भारतबीच हुने फुटबल खेलको टिकेट प्रभु पेबाट काट्न सकिने

काठमाडौं । नेपाल र भारतको राष्ट्रिय फुटबल टिमबीच बिहीवार र आइतबार दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ । कोरोना महामारीका कारण लामो समयपछि नेपाली राष्ट्रिय फुटबल टोलीले आफ्नै मैदानमा अन्तराष्ट्रिय खेल खेल्दै छ । त्यो पनि चिरप्रतिद्वन्द्वी भारतसँग ।

यस्तोमा यो खेल पक्कै पनि धेरैका लागि पर्खाइको विषय छ । यसैबीच सरकारले ५१ सय दर्शकलाई रंगशालामा प्रवेश गर्ने अनुमति दिएको छ । तर, खेल हेर्नका लागि काेभिढ भ्याक्सिन कार्ड चाहिने र भ्याक्सिन कार्ड नभए पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।

दुवै दिनका खेल साँझ साढे पाँच बजेदेखि सुरु हुनेछ । खेल हेर्न सरकारले अनलाइनबाट टिकेट काट्नुपर्ने व्यवस्था गरेको छ ।

सरकारले उक्त खेलका लागि टिकेट शुल्क प्याराफिटको एक हजार र भीआईपी प्याराफिटको दुई हजार रुपैयाँ तोकेको छ । जसका लागि प्रभु पे अनलाइन टिकेटिङ पार्टनरको रुपमा नियुक्त भएको छ ।

यसको अर्थ दशरथ रंगशालामा गएर प्रत्यक्ष खेल हेर्नका लागि प्रभु पेबाट टिकेट काट्नुपर्ने छ ।

प्रभु पेको एप एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध रहेको छ । साथै अस्पताल, विभिन्न मलहरूमा राखिएका किओस्क मसिनबाट पनि खेलको टिकेट काट्न सकिने छ ।

किओस्क मसिन प्रभु पेले नै उपलब्ध गराइरहेकाले त्यहाँबाट पनि टिकेट काट्न सकिने सहज व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

यदि कसैले दशरथ रंगशालामा पुगेर टिकेट काट्नुपर्ने भएमा रंगशालाबाहिर रहेको कोइराला स्टेसनरीमा समेत टिकेट उपलब्ध हुने कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३