close

अलेक्सा भ्वाइस असिस्टेन्टसहित ७५ इन्चको टिभी सार्वजनिक गर्दै अमेजन

टेकपाना टेकपाना

भदौ २०, २०७८ १२:२७

अलेक्सा भ्वाइस असिस्टेन्टसहित ७५ इन्चको टिभी सार्वजनिक गर्दै अमेजन

काठमाडौं । अमेजनले अलेक्सा भ्वाइस असिस्टेन्ट सहितको टिभी आउँदो अक्टोबरमा सार्वजनिक गर्ने तयारी गरेको छ । अमेजनल ५५ इन्च र ७५ इन्चको दुईवटा टेलिभिजन बजारमा ल्याउन लागेको हो ।

अमेजनको आफ्नै ब्रान्डका यी दुवै टेलिभिजन टीसीएल लगायत थर्ड पार्टी कम्पनीले निर्माण गरिरहेको छ । यद्यपि अक्टोबरमा सार्वजनिक हुने यो टेलिभिजन सुरुमा अमेरिकाका लागि मात्र सार्वजनिक हुनेछ ।

बिजनेश इन्साइडरको रिपोर्ट अनुसार विगत दुई वर्षदेखि अमेजन डिभाइसेस र ल्याब १२६ को टोलीले यो टेलिभिजनको लागि काम गरिरहेको थियो ।

अमेजनको आफ्नै भ्वाइस असिस्टेन्ट अलेक्साको प्रायोजनमा बजारमा आउन लागेको यो टिभी अक्टोबरमा सार्वजनिक हुने तयारी भइरहेपनि निश्चित मितिको बारेमा भने कुनै आधिकारिक घोषणा भने भइसकेको छैन ।

टिभीको बजारमा अमेजनसँग राम्रै अनुभव छ । योभन्दा अगाडि नै अमेजनले अमेजन बेसिक ब्राण्डअन्तर्गत केही टेलिभिजनहरू बजारमा ल्याइसकेको छ ।

कम्पनीले आफ्नो फायर टिभी सफ्टवेयर भएको तोसिबा र इन्सिग्नियाका टिभीहरू बिक्री गर्न बेस्टबाईसँग सहकार्य पनि गरिरहेको छ ।

छिमेकी देश भारतमा अमेजनले फायर टिभी सफ्टवेयर भएको ओन्डिया, क्रोमा र अमेजन बेसिकका टिभीहरू बिक्री गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३