close

नोकिया फोनका लागि काठमाडौंमा नयाँ सर्भिस सेन्टर

टेकपाना टेकपाना

भदौ २१, २०७८ ८:४

नोकिया फोनका लागि काठमाडौंमा नयाँ सर्भिस सेन्टर

काठमाडौं । नेपालमा नोकिया फोनको आधिकारिक वितरक टेलिटक प्रालिले न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा नोकिया फोन केयर सेन्टर सञ्चालन गरेको छ ।

ग्राहकबाट नोकिया उत्पादनहरुको बढ्दो मागले कम्पनीलाई वान–स्टप टेक्निकल सपोर्ट प्रदान गर्ने उद्देश्यसहित यो केयर सेन्टर खोलिएको टेलिटकले जनाएको छ । अब ग्राहकहरुले आफ्नो स्मार्टफोन मर्मतको समस्याहरुलाई सेवा केन्द्रबाट बिना कुनै ढिलाई सजिलै समाधान गर्न सक्दछन् ।

टेलिटकका निर्देशक प्रतिक जलानले भने, ‘केयर सेन्टरले नोकिया स्मार्ट फोनको मर्मतसम्बन्धी सबै सेवा प्रदान गर्ने छ । सेवा केन्द्र राम्रो प्रशिक्षित व्यवसायिक प्राविधिकहरुले भरिपूर्ण छ, जसले एक्सेप्सनल ग्राहक सेवाका साथ जेनुइन स्पेयर पार्ट्सको उपलब्धतामा आश्वासन प्रदान गर्दछ ।’

नेपालमा सार्वजनिक नयाँ फोन

स्मार्टफोन क्याटेगोरीमा भर्खरै लन्च गरिएका नोकिया जी १०, नोकिया जी २० र नोकिया सी २० फोनहरु किफायती मूल्यमा अत्याधुनिक सुविधाहरुसँंग उपलब्ध भएको कम्पनीले जनाएको छ ।

साथै फिचर फोनहरु जस्तै नोकिया ५३१०, नोकिया ३३१०, नोकिया १५० र अन्य फोनहरु सुपथ मूल्यमा आउनुका साथै सजिलै देशभरीमा उपलब्ध छन् ।

ब्राण्डले भर्खरै नोकिया एसेन्शियल वायरलेस हेडफोन, नोकिया लाइट इयर बड्स र नोकिया पोर्टेबल वायरलेस स्पिकरलाई आफ्नो एक्सेसरिजहरुको क्षेत्रमा लन्च गरेको छ, जसले गुणस्तरीय उत्पादनहरु प्रस्तुत गर्नका साथै ग्राहकहरुलाई विश्वास र हेरचाह पनि प्रदान गर्ने कम्पनीकाे भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३