close

भन्सार दस्तुर पनि अनलाइनबाटै तिर्न सकिने, अन्तःशुल्कमा क्यूआर कोड

टेकपाना टेकपाना

भदौ २५, २०७८ १८:१२

भन्सार दस्तुर पनि अनलाइनबाटै तिर्न सकिने, अन्तःशुल्कमा क्यूआर कोड

काठमाडौं । सरकारले अनलाइनबाटै भन्सार दस्तुर तिर्न सकिने व्यवस्था मिलाउने भएको । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले शुक्रबार संघीय संसद्‌मा अर्थसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

‘भन्सार विन्दुमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण कर तथा महसुल विद्युतीय प्रणालीमार्फत गर्न सक्ने व्यवस्था मिलाएको छु,’ उनले भनेका छन्, ‘अन्तःशुल्क स्टिकर प्रयोग गर्दा क्यूआर कोड स्क्यान  गरी सोको तथ्याङ्क आन्तरिक राजस्व विभागको स्वचालित प्रणालीमा अभिलेख गर्ने प्रबन्ध मिलाएको छु ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५