close

एमआईएसमा समेटियो सिजी नेट, कति पुगे ग्राहक ?

टेकपाना टेकपाना

भदौ २७, २०७८ १३:५

एमआईएसमा समेटियो सिजी नेट, कति पुगे ग्राहक ?

काठमाडौं । सिजी नेटको ग्राहक सङ्ख्या नियामक नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस (म्यानेज्ड इन्फरमेसन सिस्टम) मा समेटिन थालेको छ ।

गत जेठ १८ गतेदेखि राजधानीबाट सुरु भएको कम्पनीको असार मसान्तसम्मको ग्राहक संख्या एमआईएसमा सार्वजनिक भएको हो ।

हालै प्रकाशित एमआईएस रिपोर्ट अनुसार असार मसान्तसम्म सीजीनेटको इन्टरनेट सेवा जडान गर्ने ग्राहकको संख्या ५६७ पुगेको छ ।

फाइबर टु द होम (एफटीटीएच) प्रविधिबाट इन्टरनेट सेवा उपलब्ध गराइरहेको कम्पनीले हाल राजधानीभित्र सेवा विस्तार गरिरहेको छ ।

हाल काठमाडौंको नयाँ बानेश्वर, कालिमाटी, बालाजु, माछापोखरी, वनस्थली, कलंकी, सतुंगल र ललितपुरको रिङरोडभित्र सिजी नेटको सेवा उपलब्ध छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५