close

चार वटा डिभाइसमा एकैपटक ह्वाट्सएप चलाउन मिल्ने फिचर सुरु

टेकपाना टेकपाना

असोज २, २०७८ १०:५८

चार वटा डिभाइसमा एकैपटक ह्वाट्सएप चलाउन मिल्ने फिचर सुरु

काठमाडौं । चार वटा डिभाइसमा एकैपटक ह्वाट्सएप चलाउन मिल्ने फिचरको बेटा भर्सन सुरु भएको छ । जोकोही प्रयोगकर्ताले पनि ह्वाट्सएप अपडेट गरी यो फिचर सुरु गर्न सक्छन् ।

यो फिचरले प्रयोगकर्तालाई मोबाइल, कम्युटर, ल्यापटपजस्ता चार वटा डिभाइसमा ह्वाट्सएप कनेक्ट गरी प्रयोग गर्ने सुविधा दिनेछ ।

अन्य डिभाइसमा ह्वाट्सएपमा कनेक्ट भएपछि मोबाइलमा इन्टरनेट नभए पनि प्रयोग गर्न सकिनेछ ।

फेसबुक स्वामित्वको म्यासेजिङ प्लेटफर्म ह्वाट्सएपले पछिल्लो समय आफ्ना प्रयोगकर्तालाई एकभन्दा बढी डिभाइसमा कनेक्ट गराउन मिल्ने सुविधा प्रयोगका लागि प्रोत्साहन गरिरहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१