close

‘आईफोन एक्सएस’ मै चित्त बुझाउने कि आईफोन १३ किन्ने ?

टेकपाना टेकपाना

असोज २, २०७८ २१:९

‘आईफोन एक्सएस’ मै चित्त बुझाउने कि आईफोन १३ किन्ने ?

काठमाडौं । यदि तपाई सन् २०१८ मा सार्वजनिक भएको आईफोन एक्स एस (iPhone XS) सिरिजका फोन प्रयोग गरिरहनु भएको छ भने तपाईंका लागि आईफोन १३ खरिद गर्नु नै उपयुक्त हुनेछ ।

आईफोन एक्स एस तीन वर्षभन्दा पनि पुरानो भइसक्यो । यसले गर्दा पनि यो फोन धेरै पुरानो भइसक्यो, त्यसमाथि यसको ब्याट्री पनि टिकाउ छैन र क्यामेरामा भएका नयाँ फिचरहरू त झन् यसमा हुने कुरै भएन ।

धेरै फिचरहरू यो फोनमा नभएका कारण समयसँगै अगाडि बढ्न अब भने तपाईंले नयाँ सिरिजका फोन लिने बेला भइसकेको छ । त्यस्तै आईफोन एक्स एस म्याक्स (iPhone XS Max) प्रयोगकर्ताले पनि नयाँ फोन खरिद गर्नु नै उपयुक्त हुन्छ ।

फोनको फिचर, स्क्रिन साइजदेखि लिएर ब्याट्री लाइफसम्म ठूलो फरक भएका कारण आफ्नो सहज दैनिकीका लागि नयाँ फोन लिनु फाइदाजनक रहन्छ ।

अझ तपाईं आईफोन एक्स आर (iPhone XR) चलाइरहनु भएको छ भने त झनै तपाईंले फोन परिवर्तन गर्ने बेला भइसकेको छ । यद्यपि फास्ट प्रोसेसर र राम्रो क्यामेराको आवश्यकता नहुने प्रयोगकर्ताका लागि भने आईफोन एक्सएस नै उपयुक्त हुन सक्छ ।

तर यदि यतिमा नै तपाईंले चित्त बुझाउनुभयो भने पनि आईफोन १३ र आईफोन एक्सएसको बीचमा मोबाइलको पफर्मेन्स ब्याट्री लाइफमा धेरै फरक छ । हुन त पुरानो पुस्ता र नयाँ पुस्ताका मोबाइल फोनमा धेरै भिन्नता हुने गर्दैन ।

तर एक वर्ष नबित्दै नयाँ सिरिजका फोनहरू सार्वजनिक हुने युगमा तीन वर्षभन्दा पुरानो फोन चलाउँदै हुनुहुन्छ भने चाहिँ सोच्ने बेला भइसकेको हुनसक्छ । भिडिओ प्लेब्याक सहित सामान्यतया आईफोन एक्सएसमा करिब १४ घण्टाको ब्याट्री लाइफ हुने गर्छ ।

तर आईफोन १३ मा भने १९ घण्टा ब्याट्री लाइफ हुने बताइएको छ । आईफोन १३ मिनीमा नै पनि आईफोन एक्सएसको भन्दा धेरै अर्थात् १७ घण्टाको ब्याट्री लाइफ हुन्छ ।

अर्कोतर्फ आईफोन एक्सएसमा ए१२ बायोनिक प्रोसेसर प्रयोग गरिएको छ, जुन अझै पनि फास्टेस्ट प्रोसेसरको रुपमा चिनिन्छ । त्यसमाथि एप्पलले गत वर्षको इन्ट्री लेभल आईप्याडमा यही चिप प्रयोग गरेको थियो ।

यसको अर्थ यसको प्रोसेसरको क्षमता भने अझै पनि उपयोगी छ, तर अब कम्पनीले ए१२ को चिप उत्पादन नै बन्दा गरेर ए१३ बाट माथि अपग्रेड हुन लागिरहेको अवस्थामा भने प्रोसेसरको हिसाबले पनि फोन परिवर्तन गर्नेबारे सोच्ने समय आइसकेको छ ।

पफर्मेन्स र ब्याट्री लाइफ बाहेकको कुरा गर्ने हो भने आईफोन १३ मा नयाँ फिचरहरूको लामो लाइन छ । आईफोन १३ मा डुअल लेन्स क्यामेरा सिस्टम प्रयोग गरिएको छ, जसमा अल्ट्रावाइड क्यामेरा उपलब्ध छ ।

त्यस्तै यो फोनमा ‘नाइट मोड’, ‘डिप फ्युजन’, लगायत १२ मेगापिक्सेलको सेल्फी क्यामेरा पनि उपलब्ध छ । जब कि आईफोन एक्सएसमा मात्र सात मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ ।

त्यति मात्र होइन, आईफोन १३ मा तपाईंले फाइभजी सपोर्ट, धेरै स्टोरेज, म्यागसेफ एक्सेसरिज, ठूलो र ब्राइट स्क्रिन र आईफोनको नयाँ फ्ल्याट डिजाइन पनि पाउनुहुन्छ । यसर्थ अब तपाईंले आईफोन एक्स एसलाई अपग्रेड गर्ने बेला भने भइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१