close

एन्ड्रोइडमा अब आफूले चाहेको वेबसाइटमात्रै डार्क मोडमा चलाउन सकिने

टेकपाना टेकपाना

असोज ११, २०७८ १५:२९

एन्ड्रोइडमा अब आफूले चाहेको वेबसाइटमात्रै डार्क मोडमा चलाउन सकिने

काठमाडौं । गुगल क्रोममा वेबसाइटहरू स्वत: डार्क मोडमा जाने व्यवस्था छ । यद्यपि तपाईंले क्रोममा डार्क मोड इनेबल गर्नुभयाे भने सबै वेबसाइटहरू एकैपटक डार्क हुन्छ, जुन तपाईंलाई नचाहिन सक्छ ।

नआत्तिनुहोस्, यो समस्यालाई सम्बोधन गर्न गुगलले एन्ड्रोइडमा आफ्नो इच्छाअनुसार कुनै वेबसाइटलाई डार्क बनाएर कुनै वेबसाइटलाई डार्क नबनाउन पनि सकिन्छ ।

क्रोम क्यानरीमा एन्ड्रोइडको लागि साइट सेटिङभित्र नयाँ सेक्सन थपिएको छ । यो नयाँ सेटिङमा अटो डार्केन वेब कन्टेन्ट डिसेबल र इनेबल गर्न मिल्छ ।

यसको अर्थ तपाईंले फरक फरक वेबसाइटमा आफ्नो इच्छाअनुसार डार्क मोड इनेबल गर्न सकिन्छ । यसका लागि क्रोममा भएको ‘डार्केन वेबसाइट’ अप्सनलाई इनेबल गर्नुपर्छ ।

हाल गुगल यो फिचरको लागि काम गरिरहेको छ । आशा छ छिट्टै नै यो फिचर डेस्कटपमा पनि उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१