close

सस्तो मूल्यमा ‘रियलमी सी २१ वाई’ नेपाली बजारमा, यस्ता छन् मुख्य फिचर

टेकपाना टेकपाना

असोज ११, २०७८ १४:४८

सस्तो मूल्यमा ‘रियलमी सी २१ वाई’ नेपाली बजारमा, यस्ता छन् मुख्य फिचर

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा नयाँ स्मार्टफोन ल्याएको छ । कम्पनीले ‘सी२१’ को नयाँ भेरियन्टको रूपमा ‘सी२१ वाई’ सार्वजनिक गरेको हो ।

रियलमीका अनुसार यो फोन टीयूभी राइनल्याण्ड हाई रिलायबिलिटी सर्टिफिकेटप्राप्त विश्वकै पहिलो स्मार्टफोन हो ।

युवा पुस्तालाई मध्यनजर गर्दै ल्याइएको यो ‘सी २१ वाई’ मा सुपर नाइटस्केप डिस्प्ले, तीनवटा क्यामेरा, १२ एनएम अक्टाकोर प्रोसेसर, ५ हजार एमएएचको ब्याट्री लगायतका फिचर छन् ।

फोनमा ६.५ इन्चको एचडी प्लस मिनी ड्रप फुलस्क्रिन छ । ८९.५ प्रतिशत बडी रेसियोयुक्त डिस्प्ले भएको फोनमा १३ मेगापिक्सलको मुख्य क्यामेरा छ, जसमार्फत् रातको समयमा पनि उत्कृष्ट फोटो खिच्न सकिने जनाइएको छ ।

त्यस्तै फोनमा सेल्फी क्यामेराका लागि एआई ब्युटी, एचडीआर मोड, पोट्रेट लगायतका विभिन्न मोड उपलब्ध छन् ।

युनीसक टी ६१० प्रोसेसर रहेको फोनमा सुरक्षाका लागि अल्ट्राफास्ट फिङ्गरप्रिन्टका साथै फेस अनलक उपलब्ध गराइएको छ ।

फोनमा डुअल सिम सपाेर्ट हुनुका साथै २५६ जीबीसम्मको एसडी कार्ड प्रयोग गर्न सकिने छ ।

यो फोन बजारमा निलो र कालो गरी दुई रङमा उपलब्ध छ । नेपाली बजारमा ४/६४ जीबी भेरियन्टको मूल्य १७ हजार ९९ रूपैयाँ निर्धारण गरिएको छ ।

यो पनि पढ्नुहोस् : सस्तो मूल्यमा मस्त ब्याट्री र स्क्रिन सहितको स्मार्टफोन

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१