close

दशैंमा जावा ब्राण्डको बाइक किन्दा राइडिङ ज्याकेट र कस्टम हेल्मेट उपहार

टेकपाना टेकपाना

असोज १३, २०७८ ११:१९

दशैंमा जावा ब्राण्डको बाइक किन्दा राइडिङ ज्याकेट र कस्टम हेल्मेट उपहार

काठमाडौं । दशैंको उपलक्ष्यमा जावाले ग्राहकमुखी योजना प्रस्तुत गरेको छ । यसअन्तर्गत जावा ब्राण्डको बाइक किन्ने ग्राहकलाई प्राेफेसनल राइडिङ ज्याकेट र कस्टम जावा हेल्मेट प्रदान गरिने छ ।

जावा प्रोफेसनल राइडिङ ज्याकेट चारवटै मौसमका लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको कम्पनीले जनाएको छ । यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर सीईद्वारा प्रमाणीकरण गरिएको छ ।

त्यसैगरी यसको कस्टम हेल्मेटले चालकलाई स्टाइलका साथ सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ ।

लेजेन्डरी जावा बाइक दसकौं पहिलादेखि चेक कम्पनी जावा मोटोले निर्माण गर्दै आएको छ । यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो ।

नेपालमा जावा बाइक अग्नि मोटोइन्क प्रालिले भित्र्याएको हो, जसका देशभर १३ वटा डिलर नेटवर्क छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१