close

गुगल मिटको भर्चुअल ब्याकग्राउन्डमा अब एनिमेटेड भिडिओ

टेकपाना टेकपाना

असोज १४, २०७८ ११:२६

गुगल मिटको भर्चुअल ब्याकग्राउन्डमा अब एनिमेटेड भिडिओ

काठमाडौं । यदि तपाईंले अनलाइन मिटिङका लागि गुगल मिट प्रयोग गर्नु भएको छ भने सम्भवतः ब्याकग्राउन्ड परिवर्तन गर्ने त्यसका विभिन्न विकल्पको विषयमा तपाईं जानकार नै हुनुहुन्छ होला । यदि तपाईं प्रोफेसनल किसिमको सेटअपमा हुनुहुन्न भने तपाईंसँग ब्याकग्राउन्ड ब्लर अर्थात धमिलो पार्ने वा प्रोफेसनल जस्तो देखिनेगरी पूर्ण रुपमा ब्याकग्राउन्ड नै परिवर्तन गर्ने अथवा साथीभाइसँग हुँदा अन्य रमाइला उपायहरू छन् ।

यति मात्र होइन, गुगल मिटमा तपाईंले आफ्नो ब्याकग्राउन्डमा एनिमेटेड भिडिओ पनि राख्न सक्नुहुन्छ । यसअघि डेस्कटप र आईओएसमा सीमित यो फिचर अन्ततः एन्ड्रोइड प्रयोगकर्ताका लागि समेत गुगलले रोलआउट गर्न थालेको छ । वर्कस्पेस अपडेटको पछिल्लो ब्लगमार्फत गुगलले यस विषयमा जानकारी दिएको हो ।

जसअनुसार तपाईंले एन्ड्रोइडमा रहेको गुगल मिट वा मिट इन्टिग्रेटेड जिमेल एपबाट सोझै ब्याकग्राउन्डमा एनिमेटेड राख्ने सुविधा प्रयोग गर्न सक्नुहुनेछ । यो फिचरमा हाललाई छ ओटा मात्र विकल्प उपलब्ध छन् । जसमा क्लासरूम, पार्टी र समुद्री किनार सहितका छन् ।

यस बाहेकका अन्य विकल्प समेत यो फिचरमा आउने बताइएको छ । गुगलले यो फिचरले प्रयोगकर्ताको वरिपरिको अस्तव्यस्ततालाई लुकाउन र गोपनीयता जोगाउन मात्र नभई व्यक्तित्व उजागर गर्न समेत सघाउने विश्वास व्यक्त गरेको छ ।

एनिमेटेड ब्याकग्राउन्डको सपोर्ट यस अघि नै एन्ड्रोइडका गुगल मिट प्रयोगकर्ताका लागि उपलब्ध गराउन सुरु भइसकेको छ । यदि तपाईंले अहिलेसम्म यो फिचर पाउनु भएको छैन भने अबको दुई हप्ता जतिमा तपाईंको फोनमा यो फिचर देखिनेछ । एनिमेटेड ब्याकग्राउन्ड सपोर्ट हाललाई गुगल वर्कस्पेस, जि स्विट र जि स्विट बिजनेसका ग्राहकहरूमाझ सीमित गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१