close

यस्तो कम्पनी जसले प्रविधि प्रयोग गरी कर्मचारीलाई जागिर छोड्नबाट रोक्छ

टेकपाना टेकपाना

असोज १६, २०७८ २२:२५

यस्तो कम्पनी जसले प्रविधि प्रयोग गरी कर्मचारीलाई जागिर छोड्नबाट रोक्छ

काठमाडौं । कर्मचारी नटिक्ने समस्या धेरै संस्थाको लागि टाउको दुखाईको विषय हो । झन् कोरोना महामारीदेखि जागिर छोड्ने क्रम बढ्दै गएको विभिन्न अध्ययनले देखाएको छ । 

तर एउटा यस्तो कम्पनी पनि छ जसले कर्मचारीलाई जागिर छोड्नबाट रोक्न सक्ने दाबी गरेको छ । ग्रोथ स्पेस नामक कम्पनीले आफूसँग जोडिएका ९७ प्रतिशत व्यक्तिहरू जागिर छोड्ने निर्णयबाट पछि हटेको दाबी गरेको छ । 

कर्मचारीलाई तालिम दिने परम्परागत शैलीमा बजेट खर्च गर्नुभन्दा अल्गोरिदममा आधारित प्रणाली प्रयोग गरेर कर्मचारीलाई उनीहरूको आवश्यकता अनुसारको सीपमुलक तालिम दिँदा बढी परिणाममुखी हुने कम्पनीको धारणा  छ । 

अल्गोरिदममा आधारित प्रणाली के हो ? 
अल्गोरिदम प्रणाली भनेको एउटा यस्तो प्रविधि हो जसले कम्पनीको व्यवस्थापन पक्षले आफ्नो कर्मचारीलाई प्रविधि प्रयोग गरेर कसरी व्यवस्थापन गर्ने भन्ने अभ्यास गर्न सिकाउँछ ।
         
धेरैजसो समयमा आफ्नो कुरा नसुनेको, आफूलाई वास्ता नगरेको, आफ्नो कुरा नबुझेका कारणले गर्दा कर्मचारीले राजीनामा दिन गरेका छन् । ग्रोथ स्पेसका अनुसार इन्टेलिजेन्ट एम्प्लोइ डेभलपमेन्ट अभ्यासको लागि सहभागी र म्यानेजरहरूको डेटा आवश्यक हुन्छ । यसको अर्थ कम्पनीले अल्गोरिदमको प्रयोग गरेर एउटा क्लिकको भरमा कुन कर्मचारीको आवश्यकता के छ र उसलाई कस्तो प्रकारको तालिमको आवश्यकता छ भनेर पत्ता लगाई उपयोगी निर्णय लिन सक्छ । 

यसको लागि कम्पनीले विशेष अनुभवी प्रशिक्षकहरूको व्यवस्थापन पनि गरेको बताइएको छ । प्रख्यात कम्पनी म्याकडोनाल्डले पनि आफ्नो विभिन्न सेवाहरू व्यवस्थापनको लागि प्रविधि प्रयोग गर्न ग्रोथस्पेससँग सहकार्य गरेको थियो । 

ग्रोथ स्पेसले डेटाको व्यवस्थापन गरेर कर्मचारीको प्रगति विवरण ट्रयाक गर्ने, उनीहरूको व्यक्तित्व विकासको लागि तालिम दिएर व्यावसायको फाइदाको लागि प्रयोग गर्न सहयोग गर्छ । यसले कम्पनीको सानो पददेखि ठूलो पदमा रहेको कर्मचारीसम्मको लागि आवश्यकता अनुसार व्यवस्था गर्न प्रोत्साहित गर्छ । 

ग्रोथस्पेसको सम्पूर्ण कामहरू अनलाइनबाटै नै हुनेगर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५