close

फोनपे प्रयोगकर्तालाई हरेक दिन आईफोन १३ र बम्पर उपहारमा कार जित्ने मौका

टेकपाना टेकपाना

कात्तिक २, २०७८ १४:४

फोनपे प्रयोगकर्तालाई हरेक दिन आईफोन १३ र बम्पर उपहारमा कार जित्ने मौका


काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले ‘झट्ट ट्रान्सफर, चट्ट कार योजना’ सञ्चालनमा ल्याएको छ ।

सोमबारदेखि ८० दिनसम्म सञ्चालन हुने यो योजनामा फोनपे डाइरेक्टमार्फत अन्तरबैंक रकम ट्रान्सफर गर्दा हरेक दिन एक जनाले आईफोन १३ जित्न सक्नेछन् ।

यस्तै बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले कार प्राप्त गर्नेछन् ।

फोनपेले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष पनि यो योजना सञ्चालनमा ल्याएको थियो ।

फोनपेमार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखी १० रुपैयाँमा रकम पठाउन सक्नेछन् ।

फोनपे नेटवर्कमा आबद्ध बैंक तथा वित्तीय संस्थाका मोबाइल एपमा रहेको ‘सेन्ड मनी’ अप्सनमा गई फोनपे डाइरेक्ट क्लिक गरी सहजै रकम पठाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२