close

अब डेस्क्टपबाट पनि इन्स्टाग्राममा फोटो अपलोड गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक ३, २०७८ २२:७

अब डेस्क्टपबाट पनि इन्स्टाग्राममा फोटो अपलोड गर्न सकिने

काठमाडौं । अब डेस्क्टपबाट पनि इन्स्टाग्राममा फोटो अपलोड गर्न सकिने भएको छ ।

आईप्याडका लागि हालसम्म पनि छुट्टै एपसमेत उपलब्ध नगराएको इन्स्टाग्रामले वेब भर्सनमार्फत प्रयोगकर्तालाई पोस्ट गर्न सकिने फिचर उपलब्ध गराउने भएको हो ।

यो फिचर बिहीवारदेखि प्रयोगकर्तामाझ उपलब्ध हुने जनाइएको छ, जसमार्फत इन्स्टाग्राममा फोटा तथा एक मिनेटभन्दा कम समयको भिडिओ र रिल्सको भिडिओसमेत अपलोड गर्न सकिने छ ।

कम्पनीले यो फिचर गएको केही महिनादेखि केही प्रयोगकर्तामाझ परीक्षणको रुपमा उपलब्ध गराउँदै आएको थियो ।

भोलिबाट भने यो फिचर सम्पूर्ण प्रयोगकर्तालाई उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२