close

अनलाइनमा भैंसी सम्मेलन सुरू

टेकपाना टेकपाना

कात्तिक ८, २०७८ १७:३०

अनलाइनमा भैंसी सम्मेलन सुरू

काठमाडौं । आजदेखि अनलाइनबाट दशौं अन्तर्राष्ट्रिय भैंसी सम्मेलन सुरु भएको छ । भर्चुअल माध्यमबाट हुने सम्मेलनमा १७ देशका विज्ञले सात विधामा १३५ भन्दा बढी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

‘खाद्य सुरक्षा र जिविकोपार्जनका लागि भैंसी उत्पादन’ मूल नारासहित पाँच दिनसम्म हुने सम्मेलनमा ३५० विज्ञको सहभागिता रहने छ ।

भैंसीपालनलाई व्यवस्थित र वैज्ञानिक ढङ्गले बजारीकरण गराउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हाे ।

नेपालमा पहिलोपटक हुन लागेको भर्चुअल सम्मेलनको आयोजक समितिमा कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, एसियन भैंसी सङ्गठन र अन्तर्राष्ट्रिय भैंसी महासंघ रहेका छन् ।

त्यस्तै सहआयोजकमा सातवटै प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल पशु चिकित्सा परिषद्, नेपाल भेटेरिनरी असोसिएसन, नेपाल एनिमल साइन्स असोसिएसन, नेपाल डेरी साइन्स असोसिएसन लगायत छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१