close

म्यासेन्जरमा यसरी गर्नुहोस् गोप्य कुराकानी

टेकपाना टेकपाना

कात्तिक ९, २०७८ २१:४८

म्यासेन्जरमा यसरी गर्नुहोस् गोप्य कुराकानी

काठमाडौं । समय-समयमा हामीले प्रयोग गर्ने एपहरूमा विभिन्न नयाँ फिचर अपडेट भइरहेको हुन्छ । कतिपय फिचरहरू हामीले याद पनि गरेका हुँदैनौं । तीमध्ये एउटा फिचर हो, म्यासेन्जरमा इन्ड टु इन्ड इन्क्रिप्सन अर्थात गोप्य रुपमा गरिने च्याट ।

हुन त म्यासेन्जरमा केही समयदेखि नै यो फिचर उपलब्ध थियो । कसैले नियमित रूपमा यो फिचर प्रयोग गरिरहेका हुन सक्लान् । तर अझै धेरैलाई अझै पनि यो फिचरको बारेमा जानकारी छैन ।

कतिलाई व्यक्तिगत च्याटमा मात्र उपलब्ध छ भन्ने जानकारी छ । तर यो फिचर अब दुवै व्यक्तिगत र ग्रुप च्याटमा नै प्रयोग गर्न सकिन्छ ।

यसको अर्थ हो सो फिचर प्रयोग गरेर गरिएको च्याटबक्समा गरिएको कुराकानी लामो समयसम्म रहँदैन र तपाईंले म्यासेज हट्ने समय पनि आफू अनुकुल मिलाउन सक्नुहुन्छ ।

एन्ड्रोइडमा गोप्य च्याट कसरी गर्ने ?

  • म्यासेन्जरमा आफूले गोप्य कुरा गर्न चाहेको व्यक्तिको च्याट बक्स अन गर्नुहोस् ।
  • च्याटबक्सको दाहिनेतिर स्क्रिनको सबैभन्दा माथि गोलो घेरामा आई ‘i’ जस्तो देखिने निलो आइकनमा क्लिक गर्नुहोस् ।
  • स्क्रिन थोरै स्क्रोल गरेर तलपट्टि ‘गो टु सेक्रेट कन्भर्सेशन’ अथवा ‘स्टार्ट इन्ड-टु-इन्ड इन्क्रिप्टेड च्याट’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् । यसपछि एउटा छुट्टै च्याटबक्स खुल्छ ।
  • तपाईंले म्यासेज टाइप गर्ने बक्सको देब्रेपट्टि घडीजस्तो एउटा आइकन देख्नुहुन्छ । त्यहाँ क्लिक गरेर आफ्नो म्यासेज रहने समय मिलाउन सक्नुहुन्छ । यस्तो समय पाँच सेकेण्ड देखि २४ घण्टासम्म सेट गर्न मिल्छ।
  • तपाईंले सेट गर्नुभएको समय अनुसार सो व्यक्तिले म्यासेज हेरेर रहिरहनेछ । यद्यपि २४ घण्टा पछि भने सो सेक्रेट कन्भर्सेसनको च्याटबक्स स्वतस् हराउनेछ ।

‍यदि तपाईं आईफोन प्रयोग गर्नुहुन्छ भने चाहिँ आफूले चाहेको व्यक्तिको च्याटबक्समा गएर उसको नाममा क्लिक गरेपछि ‘सेक्रेट कन्भर्सेसन’ भन्ने अप्सन आउँछ । सो अप्सनमा क्लिक गरेर गोप्य च्याट सुरु गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१