close

सञ्चार मन्त्रालयमा सुरू भयो अटोमेसन सिस्टम

टेकपाना टेकपाना

कात्तिक १०, २०७८ १४:२४

सञ्चार मन्त्रालयमा सुरू भयो अटोमेसन सिस्टम

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (इन्टिग्रेटेड अफिस म्यानेजमेन्ट सिस्टम) सुरु भएको छ ।

देशभरका सरकारी कार्यालयहरुलाई एउटै विद्युतीय प्रणालीमा जोड्ने उद्धेश्यले गत वर्ष यो प्रणाली विकास गरिएको हो ।

यसअघि नै सूचना प्रविधि विभागमा यो प्रणाली सुरु गरिसकिएको विभागका महानिर्देशक प्रेभशरण श्रेष्ठले बताए ।

उनका अनुसार अब सञ्चार मन्त्रालय मातहतका सबै कार्यालयमा यो प्रणाली सुरु गर्ने योजना छ ।

हाल यो सिस्टममा दर्ता चलानी, टिप्पणी, ई-हाजिरी लगायतका फिचर समावेश छन् । साथै यसमा ईन्भेन्टरी, मिटिङ म्यानेजमेन्ट, डकुमेन्ट म्यानेजमेन्ट लगायतका सिस्टम एकीकृत गरिने श्रेष्ठले बताए ।

एप्लिकेसनहरु दोहोरिनुका साथै खर्च पनि उल्लेख्य बढेपछि सरकारले एउटै व्यवस्थापन प्रणाली ल्याएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१