close

आईफोन १३ किन्दा हरेक महिना टेलिकमको ५ जीबी डेटा पाइने

टेकपाना टेकपाना

कात्तिक ११, २०७८ १४:४

आईफोन १३ किन्दा हरेक महिना टेलिकमको ५ जीबी डेटा पाइने

काठमाडौं । आईफोन १३ खरिद गर्ने ग्राहकले नेपाल टेलिकमको निःशुल्क डेटा प्राप्त गर्ने भएका छन् । ग्राहकले नेपालस्थित एप्पलको आधिकारिक रिसेलर ईभो स्टोरबाट आईफोन खरिद गर्दा यो अफर पाउनसक्ने छन् ।

यसअन्तर्गत ग्राहकले एक वर्षसम्म हरेक महिना ५ जीबीका दरले टेलिकमको मोबाइल डेटा प्राप्त गर्नेछन् । नेपाली बजारमा आईफोन १३ को सुरुवाती मूल्य एक लाख ३७ हजार नाै सय रुपैयाँ रहेको छ ।

इभो स्टोरले १२ महिनासम्म सक्ने गरी न्यूनतम मासिक किस्ता १२ हजार ९९९ रुपैयाँमा आईफोन १३ खरिद गर्न सकिने जनाएको छ ।

साथै ग्राहकले आईफोन १३ को खरिदमा मोम्याक्स २० वाट पावर एडेप्टर र एक वर्षको ब्रेकेज इन्स्यारेन्स प्राप्त गर्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१