close

वेब भर्सनमा आवाजबाटै खोज्न सकिने सुविधा ल्याउँदै युट्यूब

टेकपाना टेकपाना

पुस ८, २०७६ १०:४३

वेब भर्सनमा आवाजबाटै खोज्न सकिने सुविधा ल्याउँदै युट्यूब

युट्युबले सन् २०२० मा नयाँ सुविधा थप गर्ने तयारी गरेको छ । विश्वभरी भिडियोका लागि सबैभन्दा रुचाइएको माध्यम युट्युबले वेभ भर्सनमा आवाजबाटै खोज्न तथा सर्च जर्न सकिने छ।

यसअघी माेबाइल भर्सनमा उपलब्ध याे सुविधा अब वेभ भर्जनमा समेत उपलब्ध गराउने भएकाे हाे । चिनियाँ डेभलपर जेन म्यानचुन वाङले युट्यूबले ल्याउन लागेको उक्त फिचरको खुलासा गरेकी हुन् । उनी कोडसँग खेलेर भविष्यमा आउने नयाँ सुविधाको विषय पत्ता लगाउने कार्यमा विश्वमै चर्चित छिन् ।

उनले सार्वजनिक गरेको फाईलमा युट्युबको हाल सर्च बक्स रहेको साइडमा भ्वाइस सर्च सिस्टम राख्न लागेको छ । जसमार्फत आवाजबाट बोलेको भरमा युट्युबमा भएको कन्टेन्ट सर्च गर्न सकिनेछ । यो सुविधा कहिलेबाट आउँछ भन्ने यकीन नभए पनि सन् २०२० भीत्र आउन सक्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१