काठमाडौं । विज्ञान र प्रविधिको क्षेत्रमा एकपछि अर्को गर्दै फड्को मारिरहेका एलन मस्कले अब विश्वविद्यालय पनि खोल्ने इच्छा व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा एकदमै सक्रिय मस्कले ट्वीटरमा एक ट्वीट लेख्दै विश्वविद्यालय खोल्ने सोचिरहेको उनले बताएका छन् । ‘म एउटा नयाँ विश्वविद्यालय खोल्ने सोचमा छु: टेक्सास इन्टिच्युट अफ टेक्नोलोजी एण्ड साइन्स’ ।
धेरैजनाले उनको यो विचारमा प्रशंसा गरेका छन् भने केहीले गिज्याएका पनि छन् ।
हुन त मस्कको धेरैजसो ट्वीटलाई मान्छेहरूले उडाउने गर्छन् । यद्यपि उनका केही ट्वीटले उनले गरिरहेका कामको संकेत पनि दिइरहेका हुन्छन् ।
Am thinking of starting new university: Texas Institute of Technology & Science