close

तिहारमा ओप्पोको आकर्षक अफर

टेकपाना टेकपाना

कात्तिक १४, २०७८ १६:३८

तिहारमा ओप्पोको आकर्षक अफर

काठमाडौं । ओप्पोले तिहारलाई लक्षित गर्दै ‘ओप्पो तिहार अफर २०७८’ सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सुरु हुने यस योजनामा ओप्पोका स्मार्टफोन र आईओटी डिभाइसको खरिदमा ग्राहकले आकर्षक उपहार जित्न सक्नेछन् ।

‘नेपालीहरूको महान् चाड उपभोक्तासँग खुशी साट्दै मनाउने सोचका साथ हामीले समय-समयमा विभिन्न उपहार योजनाको घोषणा गर्दै आइरहेका छौं । सोही अनुरूप तिहारलाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरिएको हो,’ ओप्पो नेपालका ब्राण्ड प्रमुख पियर्सन शेनले भने ।

कुनै पनि ओप्पोका उत्पादनको खरिद गरी ग्राहकले तिहार उपहार योजनामा सहभागिता जनाउन सक्नेछन् ।

त्यसका लागि उपभोक्ताले यहाँ गई लगईन वा क्यूआर कोड स्क्यान गरी क्याम्पेन पेजमा आवश्यक जानकारी उपलब्ध गराउनु पर्नेछ ।

सहभागीमध्येबाट ‘लक्की ड्र’ मार्फत विजेता छनोट गरिने ओप्पोले जनाएकाे छ ।

कम्पनीका अनुसार विजेताले ‘एन्को डब्ल्यू ५१ एयरवर्ड’, ‘ओप्पो ब्याण्ड’, ‘ओप्पो डब्ल्यू ११’ लगायतका विभिन्न उपहार पाउनेछन् ।

विजेताको घोषणा ओप्पो नेपालको आधिकारिक सामाजिक सञ्जालका पेजमार्फत गरिने जनाइएको छ ।

यो योजना नोभेम्बर ७ अर्थात् आउँदो आइतबारसम्म चल्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१