close

थ्रीडी अवतारसँगै माइक्रोसफ्ट पनि मेटाभर्सको दौडमा

टेकपाना टेकपाना

कात्तिक १७, २०७८ १३:३९

थ्रीडी अवतारसँगै माइक्रोसफ्ट पनि मेटाभर्सको दौडमा

काठमाडौं । प्रविधि क्षेत्रमा मेटाभर्सको चर्चा चुलिरहेको बेला माइक्रोसफ्ट पनि आफ्नो भिडिओ कन्फ्रेस प्लेटफर्ममार्फत मेटाभर्सको दौडमा आएको छ ।

उपभोक्ता र व्यावसायीका लागि भर्चुअल स्पेस सिर्जना गर्ने सोचसहित केही दिनअगाडि मात्र फेसबुकले आफ्नो कम्पनीको नाम रिब्राण्ड गर्दै ‘मेटा’ राखेको थियो । माइक्रोसफ्टले पनि मेटाभर्सको एउटा राम्रो प्रयास भन्दै टिम्समा ‘भर्चुअल प्रिजेन्स’ अर्थात् कुनै मिटिङमा आफ्नो थ्रीडी अवतार सहितको सहभागिता गर्न मिल्ने फिचर ल्याएको छ ।

मेस (Mesh) भनेर नाम दिइएको यो अपडेटअन्तर्गत अब विभिन्न मिटिङका साथै अन्य कुनै कामका लागि हाम्रो थ्रीडी अवतारले सहभागिता जनाउनेछ ।

यो अपडेट सन् २०२२ सम्ममा उपलब्ध हुने कम्पनीले बताएको छ । कोभिड महामारीको समयमा घरमै बसेर काम गर्ने अभ्यासले व्यवसायिक रुपमा कार्यालयमै गएर काम गर्ने संस्कृतिलाई परिवर्तन गरेको छ ।

यसरी भर्चुअल रुपमा हुने मिटिङमा लामो समयसम्म बस्नुपर्दा मानसिक तथा शारिरिक समस्या पनि धेरै आएको छ । यस्तै समस्यालाई सम्बोधन गर्न टिम्समा मेटाभर्सको अभ्यास गर्न लागेको कम्पनीले बताएको छ ।

टिम्समा तपाईंले आफ्नो नयाँ थ्रीडी अवतार पाउनुहुन्छ, जसलाई प्रयोग गर्न तपाईंले कुनै प्रकारको भीआर हेडसेट प्रयोग गर्नुपर्ने छैन । यी अवतारले तपाईंको सहभागिता कुनै पनि टुडी वा थ्रीडी मिटिङमा गराउन सक्छ ।

यसरी तपाईं नभए पनि तपाईं भएको आभास दिनेछ । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर माइक्रोसफ्टले तपाईंको अवतार बनाउनेछ र तपाईंको आवाज सुन्नेछ ।

यो अपडेट सन् २०२२ को पहिलो ६ महिनाभित्रै उपलब्ध हुने कम्पनीले बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५