close

स्मार्ट च्वाइस टेक्नोलोजीको अध्यक्षमा सुमन पोखरेल

टेकपाना टेकपाना

कात्तिक १८, २०७८ १२:४५

स्मार्ट च्वाइस टेक्नोलोजीको अध्यक्षमा सुमन पोखरेल

काठमाडौं । नेपालको पहिलो एटीएम कार्ड सुविधा प्रदान गर्ने कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) को सञ्चालक समितिको अध्यक्षमा सुमन पोखरेल नियुक्त भएका छन् ।

गत साेमबार सम्पन्न सञ्चालक समितिको बैठकबाट पोखरेल सर्वसम्मत रुपमा चयन भएका हुन् । नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा.नीलम ढुङ्गाना तिम्सिनाले नवनियुक्त अध्यक्ष पोखरेललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै डेपुटी गर्भनर डा. तिम्सिनाले यस क्षेत्रमा कार्यरत कम्पनीहरुले सुरक्षा संवेदनशीलता, कारोबारको गोपनीयता र नीतिगत व्यवस्थाको परिपालनामा ध्यान दिनुपर्ने उल्लेख गरे ।

साथै, मूलुकको डिजिटल इकोसिस्टमको विकासमा सबै पक्षको सहयोग र सहभागिता जरुरी रहेको बताउँदै उनँले राष्ट्र बैंक र यस क्षेत्रमा कार्यरत संस्थाहरुको सहकार्यबाट मात्र प्रगति सहज हुने बताए ।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड बैंकिङ्ग क्षेत्रमा भुक्तानीसम्बन्धी कार्यलाई सहज बनाउने उद्देश्यले सन् २००१ मा स्थापना भई सन् २००३ देखि सञ्चालनमा आएको नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा सञ्चालकको इजाजतपत्र प्राप्त कम्पनी हो ।

विभिन्न बैंक तथा वित्तीय संस्थाहरु यसका प्रवद्र्वक रहेका छन् । यस कम्पनीको सेवा २५ वटा बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भइरहेको छ ।

कम्पनीले भुक्तानीको कार्यलाई थप सहज बनाउन बैंकिङ्ग कार्डको अलावा Digital Payment Platform, SMART QR, Digital Banking Service / Payment gateway को सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

उक्त कार्यक्रममा स्मार्टच्वाइसका नवनियुक्त अध्यक्ष पोखरेलले आधुनिक भुक्तानी प्रणालीको विकासमा नेपाल राष्ट्र बैंकको विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्दै जाने नीतिअनुसार नयाँ सेवा तथा सुविधा प्रदान गरी यस क्षेत्रको विकासका लागि सधैं अग्रसर रहने र नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने निर्देशन तथा मार्गदर्शनलाई पूर्णपालना गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५