close

ह्वाट्सएपको वेब भर्सनमा अब फोटो इडिट गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक १८, २०७८ १२:२०

ह्वाट्सएपको वेब भर्सनमा अब फोटो इडिट गर्न सकिने

काठमाडौं । ह्वाट्सएपको वेब भर्सनमा नयाँ अपडेट आएको छ । यसअन्तर्गत फोटो इडिटर टुलसहित तीन नयाँ फिचर थपिएका छन् । यसअघि फोटो इडिटिङको सुविधा मोबाइलमा मात्रै उपलब्ध थियो ।

अब डेस्कटप प्रयोगकर्ताले पनि कुनै फोटो पठाउनुअघि ह्वाट्सएपमै इडिट गर्न सक्नेछन् । यो सुविधासँगै पेन्ट वा अन्य इडिटिङ सफ्टवेयरको प्रयोग गर्नुपर्ने झन्झट हुँदैन ।

प्रयोगकर्ताले फोटो इडिट गर्न सक्नुका साथै नयाँ फिचरका रूपमा लिंक प्रिभ्यु गरेर हेर्न पाउने सुविधा पाउनेछन् । यसअन्तर्गत कम्पनीले म्यासेजमा आउने लिंकलाई व्यवस्थित गर्दै त्यसको प्रिभ्युलाई अझ प्रभावकारी बनाएको छ ।

त्यतिमात्रै नभएर अब वेब भर्सनको ह्वाट्सएपमा म्यासेज टाइप गर्दा शब्द अनुसारको सुहाउँदो इमोजी ह्वाट्सएपले नै रिफर गर्नेछ । जसले हाल ह्वाट्सएपमा कुराकानीमा गर्दा इमोजी प्रयोग गर्न गरेका छन्, उनीहरूका लागि यो फिचर निकै प्रभावकारी हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५