काठमाडौं । मोटोरोले एकै पटक तीनवटा फिचर फोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले मोटो ए१०, ए५० र ए७० फोन बजारमा ल्याउने तयारी गरेको हो ।
पहिलो चरणमा कम्पनीले यो फोन भारतीय बजारमा सार्वजनिक गर्ने जनाइएको छ । भने विस्तार अन्य बजारमा समेत उपलब्ध हुनेछ ।
दुईवटा सिमकार्ड सहितको फोनमा दुई वर्षको रिप्लेसमेन्ट ग्यारेन्टी उपलब्ध हुनेछ । जसमा १७५० एमएएच क्षमताको ब्याट्री दिइएको छ । कम्पनीका अनुसार मोटो ए१० र ए५० मा मिडियाटेकको एमटी६२६१डी चिपसेट छ ।
१.८ इन्चको लर स्क्रिनयुक्त फोनमा माइक्रोएसडी स्लट पनि छ । जसले ३२ जीबीसम्मको मेमोरी सपोर्ट गर्ने जनाइएको छ । मोटो ए१० मा भने कुनै क्यामेरा उपलब्ध छैन । भने, ए५० मा पछाडि एउटा क्यामेरा रहने छ ।
त्यस्तै मोटो ए७० मा २.४ इन्चको स्क्रिन रहेको छ । युनिस्को चिपसेट युक्त फोनमा एलईडी टच, वायरलेस एफएम, कल रेकर्डिङ लगायतका फिचर रहने छ ।
यी फोनको नेपाली बजार मूल्य २५ सयदेखि ३५ सय रूपैयाँसम्म पर्ने अनुमान गरिएको छ ।