close

एसएमएस ब्याकअप गरी एन्ड्रोइड फोनमा रिस्टोर गर्ने कसरी ? यस्तो छ सजिलो उपाय

टेकपाना टेकपाना

कात्तिक १८, २०७८ १७:२२

एसएमएस ब्याकअप गरी एन्ड्रोइड फोनमा रिस्टोर गर्ने कसरी ? यस्तो छ सजिलो उपाय

काठमाडौं । एन्ड्रोइड स्मार्टफोनहरूमा एसएमएस ब्याकअप गरी कसरी रिस्टोर गर्ने भन्ने विषयमा जान्न चाहनुहुन्छ ? एउटा के कुरामा सचेत रहनुहोस् भने यसका लागि गुगलको ब्युल्ट-इन ब्याकअप संयन्त्रले सबै फोनहरूमा काम गर्दैन ।

यस्तोमा तपाईंले एप डेटा, कल हिस्ट्री र कन्ट्याक्ट्ससहित आफ्ना सबै एसएमएस म्यासेज गुगल ड्राइभमा कपी गरेर राख्नुपर्ने हुन्छ  । तर यसले एमएमएस म्यासेजलाई डिफल्ट रुपमा समेट्दैन र यस्तो ब्याकअप केवल ५७ दिनका लागि मात्र सेभ हुन्छ ।

पूर्ण रुपमा तपाईंको एन्ड्रोइड स्मार्टफोनमा रहेका टेक्स्ट म्यासेज ब्याकअप गर्नका लागि थर्ड-पार्टी एपको सहारा लिनैपर्ने हुन्छ । आज हामी तपाईंलाई आफ्नो एसएमएस म्यासेज कसरी ब्याकअप गर्ने भन्ने कुरा बताउँदै छौँ ।

यसको आधारमा तपाईंले आफ्नो स्मार्टफोनको टेक्स्ट म्यासेज ब्याकअप राख्न र त्यसलाई रिस्टोर गर्न सक्नुहुनेछ ।

यसका लागि ‘एसएमएस ब्याकअप एन्ड रिस्टोर‘ को सहयोग लिनुपर्ने हुन्छ । यसको निःशुल्क भर्सनले नै तपाईंको आवश्यकता पुरा हुन सक्छ । सँगसँगै आफ्नो गुगल ड्राइभ, ड्रपबक्स वा वनड्राइभ समेत तयारी हालतमा राख्नुहोस् ।

ता कि तपाईंले क्लाउड स्टोरेजमा आफ्नो ब्याकअप सेभ गर्न सक्नुहोस् र त्यहाँबाट रिस्टोर गर्न पनि सहज होस् । यसो गर्नु एन्ड्रोइड मोबाइलमै राख्नुको तुलनामा निकै सुरक्षित हुनेछ । यति गरिसकेपछि निम्नअनुसारको चरण पच्छ्याउदै जानुहोस् ।

१. गुगल प्ले स्टोरमा गएर एसएमएस ब्याकअप एन्ड रिस्टोर एप डाउनलोड गरी इन्स्टल गर्नुहोस् ।

२. एप खोल्नुहोस् र ‘गेट स्टार्टेड’ मा ट्याप गरी सबै प्रमिसनलाई अलाव गर्नुहोस् अनि ‘सेट अप अ ब्याकअप’मा थिच्नुहोस् । 

३. ‘म्यासेजेज’ लेखिएको स्थानमा चेक गर्नुहोस् । एकैसाथ ब्याकअप गर्न चाहनुहुन्न भने ‘कल लग्स’ लाई अनचेक गर्नुहोस् र ‘नेक्स्ट’मा दबाउनुहोस् ।

४. तपाईंको म्यासेज कहाँ स्टोर गर्ने भन्ने कुरा छनौट गर्नुहोस् र पुनः ‘नेक्स्ट’ मा ट्याप गर्नुहोस् । यहाँनिर हामी तपाईंलाई गुगल ड्राइभ जस्ता क्लाउड स्टोरेज छनौट गर्ने सुझाव दिन्छौँ । किन भने तपाईंले आफ्नो डिभाइसमा लोकल रुपमा ब्याकअप राख्दा यो गुम्ने जोखिम रहन्छ ।

यदि तपाईंले क्लाउड सर्भिस छनौट गरेपछि एसएमएस ब्याकअप एन्ड रिस्टोरले एक्सेसको लागि माग सोधेमा लग ईन गरी ‘अलाउ’ मा थिच्नुहोस् ।

५. ब्याकअप राख्नका लागि फाइल रोज्नुहोस् । यदि गुगल ड्राइभ प्रयोग गर्दै हुनुहुन्छ भने एपले डिफल्ट रुपमा प्रयोग गर्न सकिने ‘माइड्राइभ’ जस्ता नाम दिएको हुनसक्छ ।

यदि तपाईं लोकेसन परिवर्तन गर्न चाहनुहुन्छ भने डिफल्ट फोल्डरको नाम भएको स्थानमा ट्याप गर्नुहोस् अनि माथि दायाँ कुनामा रहेको तीन ओप्ला भएको बटनमा जानुहोस् र क्रियट फोल्डरमा ट्याप गर्नुहोस् ।

अब त्यसलाई उपयुक्त नाम दिएर ‘ओके’ मा दबाउनुहोस् । यति गरिसकेपछि अन्तिममा रहेको ‘युज दिस फोल्डर’मा जानुहोस् ।

६. अब ‘सेभ’मा थिच्नुहोस् र ‘नेक्स्ट’ हुँदै अगाडि बढ्नुहोस् । यहाँ तपाईंले दोहोर्‍याएर ब्याकअप गर्नेगरी शेड्युल गर्ने विकल्प पनि पाउनु हुनेछ । यदि चाहनुहुन्न भने ‘शेड्युल रिकरिङ ब्याकअप’ लाई छनौटबाट हटाएर ‘ब्याकअप नाव’ मा ट्याप गर्नुहोस् ।

७. ब्याकअप पूरा नहुञ्जेल पर्खनुहोस् । त्यसपछि रिस्टोरका लागि उपलब्ध हुन्छ । यदि तपाईं नयाँ स्मार्टफोनमा यसलाई रिस्टोर गर्न चाहनुहुन्छ भने त्यसमा पनि ‘एसएमएस ब्याकअप एन्ड रिस्टोर’ एप इन्स्टल गर्नुहोस् र खोल्नुहोस् ।

८. अब ब्याकअप रिस्टोर गर्न एपको माथि बायाँतर्फ तीन ओटा धर्सा भएको संकेतमा दबाउनुहोस् र ‘रिस्टोर’ मा ट्याप गर्नुहोस् ।

९. ब्याकअप सेभ भएको लोकेसनमा जानुहोस् । एपले तपाईंको पछिल्लो ब्याकअप आफैँ पत्ता लगाएर छनौट गर्न सक्छ ।

१०. ‘रिस्टोर’ मा ट्याप गर्नुहोस् । यहाँ तपाईंलाई डिफल्ट एसएमएस एपमा स्विच गर्न लगाउन सक्छ । त्यसैले ‘ओके’मा थिच्नुहोस् र ‘एसएमएस ब्याकअप एन्ड रिस्टोर’ लाई छनौँट गरी ‘सेट एज डिफल्ट’ मा ट्याप गर्नुहोस् । तपाईंले पछि एन्ड्रोइडको सेटिङमा गएर जुनसुकै बेला यसलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

११. ब्याकअप रिस्टोर हुञ्जेल पर्खनुहोस् र ‘क्लोज’मा थिच्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५