काठमाडौं । अन्तर्राष्ट्रिय कम्पनी ‘जेबेक प्रोटोकल’ ले सोलाना फाउन्डेसनको सहयोगमा एक महिने ह्याकाथन आयोजना गर्ने भएको छ । नोभेम्बर २२ देखि डिसेम्बर २२ सम्म आयोजना हुने यो कार्यक्रममा विश्वभरका डेभलपर तथा ह्याकरहरूले सहभागिता जनाउन पाउनेछन् ।
ह्याकाथन एउटा यस्तो सामाजिक कोडिङ कार्यक्रम हो, जहाँ विभिन्न पृष्ठभूमिबाट आएका डेभलपर, कम्प्युटर प्रोग्रामर र अन्य इच्छुक व्यक्तिहरूलाई विभिन्न विषयमा सफ्टवेयर प्रोग्रामिङ सिकाउने तथा नयाँ सफ्टवेयरहरू बनाउने लगायत कामहरू सिकाइन्छ ।
यो कार्यक्रममा आयोजकले सहभागीहरूलाई कोडिङ र प्रोग्रामिङका लागि परामर्श दिने तथा गाइड गर्नेछन् । सहभागीहरूले कन्टेन्ट शेयरिङ, एनएफटी रेन्टिङ तथा अक्सन, मार्केटिङ प्लेटफर्म, गेमिङ, स्पासियल लगायत विभिन्न क्षेत्रहरूमा काम गर्न सक्नेछन् ।
सहभागीहरू मध्ये राम्रो प्रस्तुति दिने र राम्रो कन्टेन्ट बनाउने प्रतियोगीले विभिन्न पाँच क्याटेगोरीमा दुई हजार डलरको हिसाबले पुरस्कार पाउनेछन् । जसको कूल पुरस्कार राशी १० लाख अमेरिकी डलर अर्थात् करिब १२ लाख रुपैयाँ रहेको छ । कार्यक्रमको लागि आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।