close

स्पोटिफाईमा पनि टिकटक जस्तै भिडिओ फिचर

टेकपाना टेकपाना

मंसिर ११, २०७८ १०:४२

स्पोटिफाईमा पनि टिकटक जस्तै भिडिओ फिचर

काठमाडौं । अडियो प्लेटफर्म स्पोटिफाईमा नयाँ फिचर थपिने क्रम जारी छ । हालै कम्पनीले आफ्नो प्लेटफर्ममा टिकटकको जस्तै भिडिओ फिचर थपेको छ ।

सुरुवाती चरणमा यो फिचर आईफोनमा मात्र उपलब्ध छ । अब आईफोन प्रयोगकर्ताले स्पोटिफाई एपमा डिस्कभर भन्ने थप गरिएको ट्याब देख्नसक्छन्, जसमार्फत यो भिडिओ फिचर प्रयोग गर्न सकिन्छ ।

सो ट्याबमा क्लिक गरेर म्युजिक भिडिओ क्लिपहरू हेर्न सकिन्छ । त्यस्तै टिकटकमा जस्तै स्वाइप गरेर थप भिडिओ हेर्न सकिन्छ ।

यद्यपि यो फिचर परीक्षणका लागि मात्र सुरु भएको हो, अथवा विस्तारै यो सबै प्रयोगकर्ताको एपमा उपलब्ध हुनेछ भन्ने विषयमा भने कम्पनीले कुनै आधिकारिक धारणा दिएको छैन ।

यो फिचर सबैभन्दा सुरुमा क्रिस मेसिना नाम गरेका प्रयोगकर्ताको एपमा देखिएको हो । उनले आफ्नो ट्वीटरमा यसबारेमा जानकारी गराएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२