काठमाडौं । एनसेल आजियाटा लिमिटेडको मुख्य कम्पनी आजियाटा ग्रुपको अध्यक्षमा शाहरिल रिज्जा रिजुवान नियुक्त भएका छन् । हालका अध्यक्ष गज्वाली शेख अब्दुल खालिदले यो वर्षको अन्त्यसँगै कम्पनीको नेतृत्वबाट बाहिरिने निर्णय गरिसकेका छन् ।
यस्तोमा रिजुवान ग्रुपको नयाँ अध्यक्ष नियुक्त भएका हुन् । उनी अघिल्लो महिनामात्रै आजियाटा ग्रुपको बोर्डमा इन्डिपिन्डेन्ट नन-एक्जुकेटिभ निर्देशकको रुपमा नियुक्त भएका थिए ।
यसअघि उनी मलेसियन एयरलाइन्समा समेत नन-एक्जुकेटिभ निर्देशक भएर काम गरेका थिए ।
त्यहाँ उनले पारिश्रमिक निर्धारण समितिको नेतृत्व समेत गरे । आजियाटा ग्रुपले रिजुवानको आगमन कम्पनीका लागि फलदायक हुने विश्वास व्यक्त गरेकाे छ ।