काठमाडौं । अनलाइन शपिङ प्लेटफर्म सस्तोडिलले यही डिसेम्बर १५ तारिख अर्थात आउँदो बुधबार ‘सुपर डे’ आयोजना गर्ने भएको छ । कम्पनीले अनलाइनबाट सामान खरिद गर्दा ग्राहकलाई छुटसहित आकर्षक उपहार उपलब्ध गराउने योजनासहित सुपर डे मनाउन लागेको हो ।
कम्पनीका अनुसार ‘सुपर डे’ मा ग्राहकले सस्तोडिलबाट सामान खरिद गरी तोकिएको बैंकबाट भुक्तानी गर्दा तीन हजार रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् । त्यस्तै वालेटमार्फत भुक्तानी गर्दा दुई हजार रुपैयाँसम्म छुट पाउन सकिनेछ ।
त्यतिमात्रै नभएर उक्त दिन सस्तोडिलमार्फत सामान खरिद गर्दा ग्राहकले १० हजार रुपैयाँको डिस्काउन्ट भौचरसमेत प्राप्त गर्ने मौका रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उक्त दिन अर्डर भएको सामान देशभर निःशुल्क रुपमा डेलिभरी गरिनेछ ।